पोखरा । मन्त्री भेट्न जनता होइन, जनता भेट्न भेट्न मन्त्री नै गाउँ गाउँ जानुपर्ने गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले बताएका छन् । मन्त्री आचार्यले जनताको समस्या बुझ्न जनताकै घरघरमा पुग्नु पर्ने बताएका हुन् ।
बिहीबारदेखि नवलपुर जिल्लाबाट जनतासँग मन्त्री, समस्या समाधानका लागि मन्त्रालय अभियान थालिएको छ । उक्त अभियानको थालनी गर्दै मन्त्रालयका सचिव सहित मन्त्री आचार्य जनताको समस्या बुझ्न घर–घरमा पुगेका थिए ।
अभियानले जनताको समस्या समाधानका लागि कोशे ढुङ्गा हुने मन्त्री आचार्यको भनााई थियो ।

