नेपाल मार्शल आर्ट हप्किडो संघ गण्डकीको नेतृवमा एमबी आस्था

पोखरा । नेपाल मार्शल आर्टस हप्किडो संघ गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनले अध्यक्षमा मान बहादुर घर्ती मगर (एमबी आस्था) लाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा तारामाया थापा मगर र खेम बहादुर गुरुङ , सचिवमा प्रेम बुढा मगर, सह सचिवमा अर्जुन गाहा मगर, र कोषाध्यक्षमा मदन कुमार जिसी सर्वसम्मत चयन भएका छन ।

त्यसैगरि सदस्यहरुमा कृष्ण प्रसाद कोईराला, बिना कुमारी पुन, चन्द्र कुमारि पराजुली , सबि शेरचन, श्याम बहादुर श्रेष्ठ,नरेन्द्र कुमार कार्की , किमि छ्योटेन गुरुङ , गिता राना र रामु दराई रहेका छन ।

समितिको पहिलो बैठकले चारजना सल्लहकार समेत चयन गरेको छ । समितिको सल्लहकारमा ईन्द्र धारा विष्ट, कृष्ण कुमारी श्रेष्ठ, श्रीमान गुरुङ र डाक्टर कृष्ण प्रसाद पौडेल रहेका छन । यसैगरि संस्थाको कानुनी सल्लाहकारमा अधिवक्ता मनोज घर्ती मगरलाई चयन गरेको छ ।

अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका भुमि, व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बुढा मगरले खेलाडी र युवाहरुलाई स्वरोजगार वनाउनका लागि एकीकृत योजना बनाएर अगाडि वढ्ने वताए ।

उनले हाप्किडो खेलले विश्वसामु देशको गौरव वढाउन महत्त्वपूर्ण भुमिका खेल्नसक्ने भन्दै रसियामा हुने विश्व हाप्किडो प्रतियोगितामा सहभागी हुनका लागि पोखरामा प्रशिक्षण लिईरहेका नेपाली खेलाडीहरुलाई पदक जितेर आउनका लागि शुभकामना समेत दिए ।

मन्त्री बुढा मगरले नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा हाप्किडो खेललाई सहभागी गराउन प्रयत्न गर्ने वताए ।

गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजवहादुर गुरुङले खेलकुद क्षेत्रमा बजेट कम भएकै कारण खेलको विकास हुन नसकेको वताए ।

हाल १ प्रतिशतमा कायम रहेको खेलकुदको बजेटलाई ५ प्रतिशत पु¥याउन सके निकै महत्वपुर्ण काम हुन उनको भनाइ थियो ।

कमेन्टहरु
Loading...