सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बस्दै

सत्तारुढ गठबन्धनको बैठक आइतबार विहान १० बजे बालुवाटारमा बस्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा सत्तापक्षको रणनीति र मन्त्रिपरिषद विस्तारका सन्दर्भमा छलफल गर्न बैठक राखेका हुन् ।

एमालेले संसद अवरोध गर्दै सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै आएको छ ।

एमालेको अवरोधका बाबजुद संसदलाई कसरी अगाडि बनाउने भन्ने विषयमा बैठकले साझा धारणा बनाउने एक नेताले बताए ।

बैठकमा सत्तागठबन्धनमा मन्त्रिपरिषद विस्तारमा देखिएको समस्याबारे पनि छलफल हुने बताइएको छ । यस्तै राजनीतिक दल सम्बन्धी अध्यादेश के गर्ने भन्ने विषयमा समेत बैठकमा छलफल हुनेछ । विधेयकबारे सत्तागठबन्धनका दुई दल जसपा र नेकपा एकीकृत समाजवादीबिच कुरा मिल्न सकेको छैन ।

नेकपा एकीकृत समाजवादीले प्रतिस्थापन विधेयक ल्याउनुपर्नेमा जोड दिएको छ भने जसपाले फिर्ता लिनुपर्ने अडान राखेको छ ।

कमेन्टहरु
Loading...