शिवशक्ति उमाविको ५५ औं वार्षिकोत्सव

पोखरा, २१ माघ । शिक्षा क्षेत्रमा फड्को मार्न सके मात्र देशले मुहार फेर्ने सभासद शारदा पौडलेले बताएकी छिन् । शिवशक्ति उच्चमावि फूलबारी पोखरा–११ को ५५ औं वार्षिकोत्सवको उद्घाटन गर्दै उनले शिवशक्ति उमावि आफैमा नमूना भएको बताउँदै स्थानीय रुपमै शिक्षित र समाजसेवीहरुको सहभागिताले पुष्टि गर्नेमा आफू ढुक्क भएको दावी गरिन् । नेपाली काँग्रेस कास्की क्षेत्र नं २ बाट प्रत्यक्ष चुनाव जितेकी पौडेलले आफ्नो क्षेत्र भएकोले सधै मायाँ गर्ने बताईन् ।

मंगलबार सम्पन्न सो वार्षिकोत्सव कार्यक्रमका अध्यक्ष एवं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद बास्तोला ‘मधु’ले आफू यस विद्यालयको अध्यक्ष रहे पनि वा नरहेपनि सधै विद्यालयको विकास र प्रगतिको निम्ति लड्ने बताए । कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशनालयका पूर्व निर्देशक विश्वराज बास्तोला, पोउमनपाका कार्यकारी अधिकृत झलकराम अधिकारी, समाजसेवी निर्मलप्रसाद कर्माचार्य, डा. टुवराज वास्तोला लगायतले विद्यालयको नाम अनुसार काम गर्नु पर्नेमा जोड दिएका थिए ।

उच्च माविका प्राचार्य शम्भुराज बास्तोलाले वार्षिकोत्सवको अवसरमा प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयका शिक्षक गुरुप्रसाद तिवारी, युक्ता थापा, विद्यार्थी जेनिशा देवकोटाद्वारा स्वागत मन्तब्य दिएको उक्त कार्यक्रममा शिक्षक रामचन्द्र बास्तोलाले सञ्चालन गरेका थिए । ५५ औं वार्षिकोत्सवको अवसरमा विद्यालयले खेलकुद विधामा उत्कृष्ठ भएका विद्यार्थी खेलाडीलाई पुरस्कार वितरण गरेको विद्यालयका हरिश्चन्द्र बास्तोलाले जानकारी दिए ।

उक्त अवसरमा विद्यालयमा स्थापना भएका अक्षयकोष छात्रबृद्धि रकम, शैक्षिक पुरस्कार वितरण समेत गरिएको थियो । विभिन्न सास्कृतिक कार्यक्रम सहित सम्पन्न भएको वार्षिकोत्सव कार्यक्रममा विभिन्न मनेरञ्जनात्मक कार्यक्रमहरु सम्पन्न भएको विद्यालयले जनाएको छ ।

कमेन्टहरु
Loading...