लेखनाथ, २१ माघ। लेखनाथ – ७ तालचोकस्थित डायमन्ड उच्च माविले मङ्गलबार विभिन्न व्यत्तित्वहरुलाई एउटै मञ्चमा सम्मान गरेको छ। रजत वर्ष समापनको अवसरमा मङ्गलबार विद्यालयमा विशेष कार्यक्रम गरी उनीहरुलाई सम्मान गरेको हो। त्यसअवसरमा विद्यालयले विभिन्न क्षेत्रको विकासमा योगदान पु¥याउँदै आएका २० जना व्यत्तित्वहरुलाई रजत वर्ष सम्मानबाट सम्मान गरेको छ।
त्यसैगरी, विद्यालयको विकासमा योगदान पु¥याउन विभिन्न व्यत्तित्व, शिक्षक, कर्मचारी, उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र व्यवस्थापन समितिका पुर्व पदाधिकारीहरुलाई पनि सम्मान गरेको छ।
विद्यालयले रजत वर्ष सम्मानबाट आदर्श समाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक कृष्णप्रसाद बाँस्तोला, बरिष्ठ साहित्यकार सरुभक्त, पोखरा विश्वविद्यालय मानविकी तथा समाजिकशास्त्र संकायका डिन प्रा.डा इन्द्रप्रसाद तिवारी, शिक्षाविद् एलियामा जोन, आधुनिक सञ्चार प्रविधिका अभियन्ता महावीर पुन, बरिष्ठ पर्यटनविद् झलक थापा, शिक्षाविद् बिकलप्रसाद शेरचन, बरिष्ठ व्यङ्ग्य चित्रकार दुर्गा बराल वात्सायन, लोकगायिका हरिदेवी कोइराला, डा कालु शर्मा, बरिष्ठ समाजसेवी एवं उद्योगपति गणेशबहादुर श्रेष्ठ, चन्द्रकृष्ण कर्माचार्य, राष्ट्रसेवक हरिकुमार श्रेष्ठ र जीवन शर्मा पौडेललाई सम्मान गरेको हो।
त्यसैगरी बरिष्ठ लोकगायक पद्मराज ढकाल, लोकप्रिय संचारकर्मी दिपेन्द्र श्रेष्ठ, लोक वाद्यवादक धनबहादुर गायक, समाजसेवी विक्रम थकाली, सङ्गितकार बसन्त सापकोटा र समाजसेवी हर्कबहादुर श्रेष्ठलाई सम्मान गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व उपकुलपति प्रा.डा बासुदेव त्रिपाठी र विद्यालय निर्देशन समितिका अध्यक्ष माधवशरण उपाध्यायले उनीहरुलाई दोसल्ला सहित कदर पत्र प्रदान गरेका थिए।
त्यसअवसरमा विद्यालय स्थापना तथा सञ्चालनका सन्दर्भका विभिन्न प्रकारले सहयोग गर्नेहरु युवा पत्रकार नवीन सिग्देल, समाजसेवीहरु सुर्यनाथ शर्मा पौडेल, कृष्णराज पौडेल, बाबुराम सुवेदी, मित्रलाल सापकोटा, विष्णुप्रसाद तिवारी किरण, विष्णुप्रसाद पौडेल, श्रीकृष्ण सुवेदी, बसन्तराम न्यौपाने, हरिजङ्ग राणा, गमबहादुर गुरुङ, पशुपति आचार्य, जङ्गबहादुर पुन, स्वर्गीय ओमबहादुर पुनका छोरा बलबहादुर पुन, शिक्षासेवीहरु रामजी लामिछाने, ऋषि बुढाथोकी र यदुनाथ आचार्यलाई पनि सम्मान गरिएको छ।
कार्यक्रममा पदम डायमन्ड अवार्डबाट आदर्श लामिछानेलाई पुरस्कृत गरिएको छ भने विद्यालयका संस्थापक स्वर्गीय पदमबहादुर थापाकी धर्मपत्नी हिराकुमारी थापा, संस्थापक बलराम तिवारी, संस्थापक हरिबहादुर लामिछाने, प्राचार्य यामबहादुर रोका, शैक्षिक सत्र – २०६९ मा व्यवस्थापन संकायमा सवैभन्दा बढि अङक ल्याउने सुनिता गौतम, विद्यालयका भूतपूर्व विद्यार्थी सञ्जिब थापा, इन्जिनियर जगदिश घिमिरेलाई सम्मान गरिएको छ।
साथै पुर्व शिक्षक एवं कर्मचारीहरु सुकबहादुर तामाङ, पूर्णभद्र सुवेदी, खगराज धमला, विश्वप्रकाश अधिकारी, डा. प्रकाश उपाध्याय, लक्ष्मी पौडेल, नरेन्द्रराज लामिछाने, लालकृष्ण शर्मा भट्टराईलाई पनि सम्मान गरिएको छ भने दीर्घसेवा पदकबाट नरजंग गुरुङ, सञ्जय खड्का, नन्दा राई, थेचाने गुरुङ, मञ्जु गुरुङलाई सम्मान गरिएको छ।
त्यसैगरी, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष एवं सदस्यहरु श्रीमती देवकिनी पुन, बद्रिप्रसाद गुरुङ, शम्भु भोलानाथ सापकोटा, क्या. चन्द्रबहादुर गुरुङ, गमबहादुर पुन, क्या. नरबहादुर गुरुङ, तुलसीराम लामिछाने, शिक्षकहरुको तर्फबाट शिबप्रसाद लामिछाने, संस्थापकहरु तेजकुमारी लामिछाने, सुमित्रा लामिछाने, टेकबहादुर रोका, एकनारायण उपाध्याय वाग्लेलाई सम्मान गरिएको छ। कार्यक्रमका विशिष्ट अतिथि शिक्षाविद् एलियामा जोन र विद्यालय निर्देशन समितिका अध्यक्ष माधवशरण उपाध्यायले उनीहरुलाई सम्मान गरेका हुन्।
कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व उपकुलपति प्रा.डा बासुदेव त्रिपाठीले पोखरा उपत्यकाको सुन्दरता जोगाउनुपर्ने आवश्यकता औल्याए। पोखराबाट देखिने हिमश्रृङखलालाई छेक्ने गरी घर नबनाउन आग्रहगर्दै उनले भने – हिमाललाई उछिन्ने गरी ठुला÷ठुला घर निर्माण गर्न थालिए पोखरा उपत्यकाको सुन्दरतामा गम्भीर असर पर्ने छ।
उनले कवि शिरोमणी लेखनाथ पौडेलले भाषा र साहित्यमा आधुनिकता सृजना गरेर असाधारण योगदान दिएको र जनकवि धर्मराज थापाको कोकिल स्वरले देशलाई जगाएकोभन्दै उनीहरुको स्मरण गरे।
उनले अन्र्तराष्ट्रिय क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति उत्पादन गर्न विद्यालयलाई आग्रह गरे। सम्मानित व्यत्तित्व प्रा.डा इन्द्रप्रसाद तिवारीले विद्यालयलाई शिक्षाको क्षेत्रमा हिरा जस्तै चम्काउनुपर्ने बताए। पर्यटनविद् झलक थापाले इमान्दारिता र हार्दीकता नै पोख्रेलीहरुको परिचय भएको बताए। कार्यक्रममा सम्मानित व्यत्तित्वहरु हरिदेवी कोइराला, जीवन शर्मा पौडेल, बिकलप्रसाद शेरचन, प्याब्सन कास्कीका उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पुर्व सदस्य बद्रि गुरुङले बोलेका थिए।
विद्यालय निर्देशन समितिका अध्यक्ष माधवशरण उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राचार्य यामबहादुर रोकाले स्वागत मन्तव्य गरेका थिए भने संस्थापक हरि लामिछाने र शिक्षक डोलराज अर्यालले कार्यक्रम संचालन गरेका थिए। त्यसअवसरमा विद्यालयको रजत स्मारका उद्घाटन र रजत स्मारिकाको पनि विमोचन गरिएको थियो।
रजतवर्षको अवसरमा विद्यालयले जेठ महिनादेखि नै विविध कार्यक्रम संचालनगर्दै आएको प्रचार संयोजक गोविन्द वाग्लेले जानकारी दिए।