नाटक र समाचार र कार्यक्रमहरु सबै उत्कृष्ट
पोखरा, २० माघ/विग एफएमले प्रत्येक शनिबार प्रशारण गर्दै आएको नाटक श्रृंखला ‘एउटा कथा यस्तो पनि’लाई स्रोताहरुले सर्वाधिक मन पराएका छन् । उद्योग वाणिज्य संघको आयोजनामा भएको व्यापार मेलामा राखिएको स्टलमा फाराम भर्नेहरुमध्ये अधिकांशले नाटकलाई उत्कृष्ट बताएका छन् ।
नाटकसंगै विग एफएमको समाचार पनि निकै उत्कृष्ट रहेको उनीहरुको प्रतिक्रिया छ । यो वर्षको औद्योगिक व्यापार मेला अवधीभर २३ हजार पाँच सय जनाले सर्वेक्षण फाराम भरेका थिए । उनीहरुले विग एफएमलाई नेपालकै उत्कृष्ट एफएम भएको बताएका छन् ।

विभिन्न ईभेन्टहरुमार्फत एफएमले स्रोताहरुसंग नजिकिने गरेकोले अवलोकनकर्ताहरुले यसलाई निकै रुचाएको विग एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले बताए । अवलोकनकर्ता र फाराम भर्नेहरुले विग आईकन जस्तो ग्राण्ड ईभेन्ट गर्ने भएकोले पनि विग एफएम मन पर्ने बताएको उनले जानकारी दिए । त्यो संगै हरेक चाडवाडमा एफएमले गर्दै आएको ईभेन्टहरु पनि स्रोताहरुले रुचाएको उनले बताए ।
एफएमले प्रशारण गर्दै आएको कार्यक्रमहरु बिकेपी, ककटेल, मेलोडी टाईम्स्, नयाँ जीवन, विग हल्ला लगाएतलाई स्रोताहरुले अत्याधिक रुचाएको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणले स्रोताहरुले विग एफएमलाई निकै चासो दिएर सुन्ने गरेको पनि प्रमाणित गरिदिएको छ ।
विग एफएमले व्यापार मेलामा २ सय ४४ नम्बरमा स्टल राखेको थियो । मेलामा सर्वेक्षण फाराम भराउनुका साथै एफएमले अवलोकनकर्ताहरुलाई विग एफएमको बारेमा जानकारी समेत दिएको थियो । एफएमले मेलास्थलबाटै दैनिक प्रत्यक्ष प्रशारण समेत गर्दै आएको थियो । उद्योग वाणिज्य संघले समेत विग एफएममार्फत मेलाको प्रचारप्रसारमा ठुलो सहयोग पुगेको बताएको छ ।