प्रजातान्त्रिक विचार समाजका सचिव न्यौपानेको बिदाइ

पोखरा, १७ माघ /प्रजातान्त्रिक विचार समाज कास्कीका सचिव लीलाधर न्यौपानेलाई शुक्रबार शुभकामनासहित बिदाइ गरिएको छ । समाजको आयोजनामा भएको समारोहमा थप अध्ययनका लागि क्यानाडाको टोरण्टो सहरमा जान लागेका न्यौपानेलाई अझ प्रगतिको शुभकामनासहित बिदाइ गरिएको हो ।

प्रतिभा उच्च माविका संस्थापक न्यौपाने लामो समयदेखि पृथ्वीनारायण क्याम्पस पोखराको गणित विभागमा कार्यरत छन्। उनी यहाँको शैक्षिक र सामाजिक विकासमा क्रियाशील छन् । बिदाइ समारोहमा बोल्दै समाजका केन्द्रीय सदस्य कमल सापकोटा, जिल्ला अध्यक्ष बासुदेव भण्डारी, सदस्य ऋषि सापकोटा, समाजका सदस्य रमेश पौडेलल गायतले न्यौपानेको अझ प्रगतिको कामना गरेका थिए ।

यसैबीच, प्रजातान्त्रिक विचार समाजको बैठकले रिक्त सचिव पदमा विन्दु पौडेललाई मनोनयन गरेको समाजका सदस्य रमेश पौडेलले जानकारी दिए । पौडेल पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक छिन् । यसैगरी, बैठकले लीला न्यौपाने, बासुदेव भण्डारी र कमल सापकोटालाई समाजको आजीवन सदस्यता प्रदान गरेको छ ।

कमेन्टहरु
Loading...