बेराजगार युवाहरुका लागि उद्यमशिलता तालिम

पोखरा, १६ माघ /बढ्दो बेरोजगारी न्यूनिकरण गर्ने उद्देश्यस्वरुप रोजगार कोष हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपालले निशुल्क रोजगारी एवं उद्यमशिलता तालिम सन्चालन गर्दै आएको छ । संस्थाले बुधबार पोखरामा कार्यक्रम गरि सरोकारवाला सगँ छलफल समेत गरेको छ ।संस्थानले पोखरामा केहि समय पछि नै तालिम सन्चालन गर्ने बताएको छ । रोजगार कोषका टिम लिडर बलराम पौडेलले ‘पोखरामा तालिमका लागि तीन वटा ट्रेनिङ ईन्स्टिच्युटसंग सहकार्य भैसकेको जानकारी दिए । सन् २०१४ मा १२ हजार युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यसहित संस्थाले तालिम संचालनमा ल्याउन लागेको हो ।

रोजगार कोष हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपालले आयोजना गरेको अन्तक्रिया कार्यक्रम
रोजगार कोष हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपालले आयोजना गरेको अन्तक्रिया कार्यक्रम

अति विपन्न तथा विशेष अवस्था भएका युवाहरुका लागि कार्यक्रम लक्षित रहेको संस्थाले जानकारी दिएको छ । अपाङ्गता भएका, एचआईभी संक्रमित, सडक तथा अनाथ बालबालिका, हिंसामा परेका महिला, कैदी तथा पुर्व कैदीहरुलाई तालिममा विशेष ग्राह्यता दिईने उसले बताएको छ । ३ महिना प्राविधिक तालिम र एक महिना व्यवस्थापकिय तालिम गरि चार महिनासम्म दिईने तालिममा विशेषगरि वेल्डिङ, प्लम्बिङ, टेलरिङ जस्ता ७० भन्दा बढि विषय सिकाईन्छ । संस्थाले देशभरि ३९ वटा ईन्स्टिच्युटहरुसंग सहकार्य गरेर तालिम संचालन गर्दै आएको छ ।

रोजगार कोषले २०१३ सम्ममा ७० हजार भन्दा बढि युवाहरुलाई तालिम दिएर स्वरोजगार बन्न सघाएको दाबी गरेको छ । सन् २००७ मा स्थापना भएको संस्थाले तालिम दिएका युवाहरुमध्ये ७० प्रतिशतभन्दा बढि तालिम लिएर विदेशिएका छन् भने ३० प्रतिशत नेपालमै बसेर विभिन्न उद्यमशिलतामा लागेका छन् ।

‘युवाहरुलाई उद्यमशिल बनाउन प्रेरित गर्ने संस्थाको उद्देश्य निकै प्रशंसनीय भएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संजीवबहादुर कोईरालाले बताए । संस्थाले रोजगारी र उद्यमशिलताको बारेमा युवाहरुलाई जानकारी दिने उद्देश्यले पोखरा सन्चलान भैरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलामा १० वटा स्टल समेत राखेको छ । उसले मेला अवलोकन गर्न आउनेहरुलाई उद्यमशिलता र रोजगारीको बारेमा जानकारी गराउँदै आएको छ ।

कमेन्टहरु
Loading...