पोखरा, १६ माघ। संगमक्लब र सत्य क्लबपोखरामाजारी बलराम केसी स्मृतिकास्कीजिल्लास्तरीय रेबडुल लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमाप्रवेश गरेका छन्। कास्कीजिल्ला फुटबल सङ्घको आयोजनामाबिहीबार पोखरा रड्डशालामाभएको खेलमा संगमक्लबले शीतलज्योतिक्लबलाई ९–० को भारी अन्तरले पराजितगर्दै सेमिफाइनलमाप्रवेश गरेको हो। एकपक्षीयजीतहातपारेको संगमको तर्फबाट सुवास तामाङले दुई तथाकिरण थापा, विमल राना, राकेश गुरुङ, हरि लामा, विवेक गुरुङ र विमल बस्नेतले एक–एक गोलको योगदानदिएकाथिए।

लिगचरणमा उत्कृष्ट प्रदर्शन गर्दै आएको शीतलज्योति संगमको सामु खेलको पूरै समय निरीह बनेको थियो।शीतलज्योतिका अमृत गुरुङ र लीला गुरुङले एलोकार्ड खाएका छन्।अब संगमले लेकसाइड र सहारा क्लबबीचको विजेतासँगमाघ १८ गते नै अन्तिमचारको लागिप्रतिस्पर्धा गर्नेछ।
अर्को खेलमा सत्य क्लबले लिगचरणको खेलमाउत्कृष्ट प्रदर्शन गर्दै आएकोआदर्श युवाक्लब भण्डारढिकलाई टाइब्रेकरमा ३–१ ले पराजितग¥यो। र्निारित ८० तथा २० मिनेटको अतिरिक्त समय तीन–तीनगोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमापुगेको थियो। निर्धारित समयमाआदर्शकाविसन गुरुङले १३, अर्जुन गुरुङले ३२ र बेलप्रसाद गुरुङले ४२ मिनेटमा गोल गर्दै पहिलो हाफमाटीमलाई ३–० ले अगाडि बढाए पनि दोस्रो हाफमा सत्यले लगातार तीनगोल फर्काउँदै खेललाई बराबरीमाल्याएको थियो।
दोस्रो हाफमा सत्यकालागिगोविन्द गुरुङले ५० र ७६ मिनेटमा दुई तथानुनबहादुर थापाले ७७मिनेटमा एक–एक गोल गरेकाथिए।सो खेलमा सत्यकाबेदप्रसाद गुरुङ, समुन्द्र केसी, सञ्जीवथापा, नुनबहादुर गुरुङ र विराजथापातथाआदर्शका सरोज गुरुङले एलोकार्ड खाएकाथिए।सत्यले अबएलजी र पोखरा भ्याली स्पोर्टस् क्लबबीचको विजेतासँग माघ १८ गते सेमिफाइनलको लागिप्रतिस्पर्धा गर्नेछ।