दृष्टिवाचक कम्प्युटर सफ्ट्वयर र्चाँथो संस्करण सार्वजनिक

पोखरा, १२ माघ/दृष्टिविहिन व्यक्तिहरुले प्रयोग गर्ने नेपालि कम्प्युटर सफ्ट्वयर दृष्टिवाचक चौँथो संस्करण दृष्टिवाचक ४.१ आईतबार पोखरामा सफ्टवयर का निर्माता अल्पदृश्यक हिम प्रसाद गौतम र क्यान कास्किका महासचिव अचुत खनियाले संयुक्त रुपमा उक्त सफ्ट्वयर कम्प्युटरमा प्रयोग गरि सार्वजनिक गरेका हुन् ।

दृश्टिवाचक सफ्ट्वयर आउनुपुर्व नेपालि कम्प्युटर प्रविधिमा दृष्टिविहिन व्यक्तिको पहुँच थिएन । पहिलोपटक वि.सं २०६६ मा जर्ज १०मा मात्रै मिल्नेगरी सार्वजनिक भएको दृश्टिवाचक तेस्रो संस्करणमा आइपुग्दा दृष्टिवाणि वर्णाकृति परिवर्तक जस्ता अतिरिक्त सुविधाहरु थप गर्न सफल भएकोमा चौँथो संस्करणमा आउँदा नेपालि वर्णहरु लेख्दा बास्तविक मानिसको आवाज सुन्नेगरी निर्माण गरिएको कुरा सफ्ट्वयर निर्माता हिम प्रसाद गौतमले बताए ।

दृष्टिवाचक कम्प्युटर सफ्ट्वयर र्चाँथो संस्करण सार्वजनिक कार्यक्रम
दृष्टिवाचक कम्प्युटर सफ्ट्वयर र्चाँथो संस्करण सार्वजनिक कार्यक्रम

कार्यmममा बोल्दै क्यान कास्किका महासचिव अचुत खनियाले क्यानका गतिविधिहरुमा दृष्तिविहिन मैत्रि सुचना प्रविधिहरु समावेश गर्ने प्रतिवद्धता व्यक्त गरे । नेपाल सरमारका कर अधिकृत बिजय प्रसाद लामिछानेले अझैपनि दृष्टिविहिन व्यक्तिहरुका कम्प्युटर प्रविधि संबन्धि समस्याहरु पुर्ण अनत्य भईनसकेको बताए । आई।ई सि नेपालकाा महासचिव खोमराज शर्माले नेपालि ओसिआर र टेस्क्स टु स्पिच निमार्ण गर्न नेपाल सरकारले बजेट विनियोजन गर्नुपर्ने कुरामा जोड दिँदै आफ्नो संस्था दृष्टिविहिन व्यक्तिहरुको कम्प्युटर प्रविधिमा नहुँच विस्तार गर्न लागि पर्ने बताए ।

पृथ्वीनारायण क्याम्पस शिक्षा विभागका दृष्टिविहिन शिक्षक श्रीकान्त सापकोटाले दृष्टिविहिन व्यक्तिहरुको शैक्षिक पहुँच विस्तार गर्न यस किसिमका सफ्ट्वयरहरुले ठुलो योगदान गर्ने कुरा बताउँदै सरकारले युनिकवर्ड प्रणालिलाई अनिवार्य अवलम्वन गनुपर्ने कुरा उल्लेख गरे । आई . ई.सि.नेपालका सचिव कुमार पुनले स्वागत गर्नुभएको उक्त कार्यक्रम आई.ई.सि नेपालका महासचिव खोमराज शर्माको अद्धयक्षताका श्रीकान्त सापकोटाले संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...