पोखरा, १० माघ/पोखरा– मेची–महाकाली मिडिया सोसाइटीद्वारा सञ्चालित ‘स्व टंकादेवी–तुलसीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार गणेश पाण्डेलाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रीबिनोद प्रतिकको संयोजकत्वमा रहेको छनौट समितिले पाण्डेलाई यो पुरष्कार दिने निर्णय गरेको हो । सत्य तथ्य र वस्तुपरक समाचार लेखेर समाजमा उल्लेखनीय योगदान दिएको भन्दै सोसाइटीले पाण्डेलाई छनोट गरेको हो ।

१३ बर्षअघि लमजुङबाट पत्रकारिता आरम्भ गरेका पाण्डे प्रेस चौतारी नेपालका केन्द्रीय सचिव, दैनिक नेपाल डटकमका संस्थापकरसम्पादक तथा रेडियो चौतारी लमजुङका संचालक समिति सदस्य छन् । पोखरा मालेपाटनका स्व टंकादेवी–तुलसीप्रसादका छोरा सूर्यप्रसाद, सूवणप्रसाद र रुदप्रसादका परिवारद्वारा स्थापित यो पुरष्कार पश्चिमाञ्चलकै प्रतिष्ठित मानिन्छ ।
यसै महिना पोखरामा विशेष कार्यक्रमका बीच यो पुरष्कार प्रदान गर्ने कार्यक्रम रहेको मेची महाकाली मिडिया सोसाइटीका अध्यक्ष माधव शर्माले जानकारी दिनुभयो । यसअघि यो पुरस्कारबाट पोखरामा पत्रकारिता गर्दै आएका रामकृष्ण ज्ञवाली, रिता गुरुङ, इश्वरी न्यौपाने र जनकुपुरकी पत्रकार स्व।उमादेवी सिंहलाई प्रदान गरिएको थियो । पुरष्कारको राशि २० हजार १ रुपैंया रहेको छ ।