पोखरा, ७ माघ। कास्की जिल्ला फुटबल सङ्घको आयोजनामा पोखरामा सञ्चालित बलराम केसी स्मृति कास्की जिल्लास्तरीय रेडबुल फुटबल प्रतियोगिताअन्तर्गतमड्डलबार भएको खेलमा संगम क्लब ररामघाट क्लब विजयी भएका छन्।
पहिलो खेलमा समूह सी को संगम क्लब संगमटोलले विष्णुपादुका क्लब हेमजालाई ३–० ले पराजित ग¥यो। संगमको जीतमा राकेश गुरुङ, विमल राना र किरण थापाले दोस्रो हाफमा एक–एक गोल गरेका थिए। सो खेलमा विष्णुपादुका क्लबका अभिषेक कार्कीले एलोकार्ड खाएका थिए।
दोस्रो खेलमा समूह बी को रामघाट क्लबले भदौरे क्लबलाई २–० ले पराजित ग¥यो। रामघाटका लागि रमेश परियार र सिद्धार्थले दोस्रो हाफमा एक–एक गोल गरेका थिए। सोखेलमा रामघाटका रमेश परियारले एलोकार्ड खाएका थिए।
बुधबार चार खेल हुनेछन्। जसअनुसार समूह डी को नयाँगाउँ युथ क्लब र पोखरा भ्याली स्पोर्टस् क्लबबीच बिहान आठ बजे पहिलो,समूह डी को एबीसी र लेकसाइड क्लबबीच साढे नौ बजे दोस्रो, समूह ए को डेभिजफल र शीतलज्योति क्लबबीच अपरान्ह १२ बजे तेस्रो तथा सोही समूहकै नवआदर्श सामुदायिक विकास समाज र आदर्श युवा क्लब भण्डारढिकबीच दिउँसो साढे एक बजे चौथो खेल हुनेछ।