वृहत शैक्षिक मेला सकियो, २६ हजार जनाको सहभागिता

पोखरा, ५ माघ /पोखरामै पहिलोपटक आयोजना भएको वृहत शैक्षिक मेला आईतबार सकिएको छ । पोखरामा भैरहने मेला भन्दा विल्कुलै फरक स्वादको मेलामा करिब २६ हजार जना दर्शकले प्रत्यक्ष सहभागिता जनाए । आयोजक संस्था नेपाल शैक्षिक परामर्श संघ ईक्यान कास्कीले यसको पुष्टी गरेको छ ।

‘मेला हामीले सोँचेभन्दा निकै सफल भयो ।’ अन्तिम दिनमा मेलाको सम्पुर्ण जानकारी गराउँदै ईक्यान कास्कीका अध्यक्ष महेश भण्डारीले भने–‘सहभागी सबैले मेलालाई रुचाएको मैले पाएको छु ।’ विदेश अध्ययनका लागि आवश्यक परामर्श चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजित मेलामा देखिएको चासोले आफुहरुमा अझै बढि हौसला मिलेको उनले बताए । पश्चिमाञ्चल क्षेत्रमा विद्यार्थीहरुमा शैक्षिक चासो रहेको मेलाले पुष्टी गरेको उनले बताए । ‘विद्यार्थीहरुमा देखिएको यस्तो खालको चासोले पोखरालाई शैक्षिक हब बनाउन ठुलो योगदान पुग्छ ।’ उनले भने ।

Ecan Mela kaskiमेलाको पहिलो दिन सात हजार जना दर्शकले सहभागिता जनाएका थिए भने दोस्रो दिन अवलोकनकर्ताको संख्या ९ हजार थियो । विग एफएम १०१.२ मेगाहर्जको प्रस्तुतीमा मेलाको आयोजना भएको थियो । मनोक्रान्ति दर्शनका अगुवा डा. योगी विकाशानन्दले शुक्रबार उद्घाटन गरि शुरु भएको मेलाको आईतबार अन्तिम दिन भएपनि औपचारिक रुपमा सोमबार मात्र टुंगिने आयोजकले जनाएको छ । ‘यद्यपी सोमबार मेलास्थलमा कुनै स्टल भने रहनेछैनन् ।’ मेलाका संयोजक ईविन्द्रराज तिवारीले भने–‘औपचारिक कार्यक्रम गरेर हामीले मेला सकिएको घोषणा गर्नेछौँ ।’ मेला सफल बनाउन योगदान पु¥याउने विज्ञापनदाता, विद्यार्थी, अभिभावक, स्टल र ईक्यान सदस्यहरुलाई आयोजकले धन्यवाद समेत व्यक्त गरेको छ ।

तीन दिने मेलामा बिभिन्न शैक्षिक परामर्श केन्द्रका ६० वटा स्टल र ५ वटा पेभेलियन रहेका छन । मेलामा पोखरामा रहेका सबै शैक्षिक परामर्श केन्द्रको साथै काठमाण्डौमा रहेका एजुकेशनल कन्सलटेन्सीहरुको स्टल राखिएका थिए । भारत, चीन, बंगलादेश, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, रुस, डेनमार्क लगाएत देशका कलेज तथा युनिभर्सिटीबाट प्रतिनीधिहरुले मेलामा सहभागिता जनाएका थिए । मेलामा उच्च शिक्षाको लागि बिदेश पढ्न जान चाहने बिद्यार्थीले छुट्टाछुट्टै स्टलबाट परामर्श लिन सक्ने व्यवस्था थियो ।

मेलाको टाईटल स्पोन्सरको रुपमा कंगारु एजुकेशन फाउन्डेशन रहेको थियो भने सब टाईटल स्पोन्सरको रुपमा किङ्गस् ईन्स्टिच्यूट रहेको थियो । मेलाको सहयोगीको रुपमा ईम्पल्स ईन्टरनेशनल ईन्स्टिच्यूट रहेको थियो भने बैकिङ पार्टनरको रुपमा प्राईम बैंक रहेको थियो ।
मेलालाई एजुकेशन पार्कले मुख्य प्रायोजन गरेको थियो भने ट्रिनीटी एजुकेशन फाउन्डेशन, स्मार्ट ओपन एकेडेमी, डेल्टा एडुकेयर नेपाल, बेकन प्रिमियर ईन्टरनेशनल एजुकेशन र यूरो–एशिया एजुकेशनल कन्सल्टेन्सी लगाएतका संस्थाहरुले प्रायोजन गरेका थिए ।

कमेन्टहरु
Loading...