पोखरामा आजदेखि बृहत शैक्षिक मेला सुरु हुदै

Ecan Kaskiपोखरा ३ माघ । पोखरामा पहिलोपटक आजदेखि बृहत शैक्षिक मेला सुरु हुदैछ । नेपाल शैक्षिक परामर्श संघ ईक्यान कास्कीद्धारा आयोजित मेलाको मनोक्रान्ति दर्शनका परिकल्पनाकार योगी डा. विकाशानन्दले बिहान साढे १० बजेपछि उद्घाटन गर्ने कार्यक्रम छ ।

विग एफएम १०१.२ मेगाहर्जको प्रस्तुतीमा हुन लागेको मेला माघ ५ गतेसम्म चल्नेछ । मेलामा बिभिन्न शैक्षिक परामर्श केन्द्रका ६० वटा स्टल र ५ वटा पेभेलियन रहेको संयोजक ईबिन्द्रराज तिवारीले जानकारी दिए । मेलामा पोखरामा रहेका सबै शैक्षिक परामर्श केन्द्रको साथै काठमाण्डौमा रहेका एजुकेशनल कन्सलटेन्सीहरुको स्टल राखिएका छन् ।

 भारत, चीन, बंगलादेश, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, रुस, डेनमार्क लगाएत देशका कलेज तथा युनिभर्सिटीबाट प्रतिनीधिहरुले मेलामा सहभागिता जनाउने ईक्यान कास्कीले जनाएको छ ।

मेलामा निशुल्क प्रबेशको साथै निशुल्क परामर्शको ब्यबस्था मिलाईएको छ । उच्च शिक्षाको लागि बिदेश पढ्न जान चाहने बिद्यार्थीले मेला मार्फत आफुले चाहेको जानकारी प्राप्त गर्नै सक्ने ईक्यान कास्कीका अध्यक्ष महेश भण्डारीले बताए । स्वदेशी एवं विदेशी शिक्षा प्रणालीको बारेमा प्रर्याप्त सुचना दिनुका साथै गुणस्तरिय शिक्षामा नेपाली विद्यार्थीको पहुँच बढाउन मेलाको आयोजना गरिएको हो ।

३ दिने मेला सम्पन्न गर्न करिब १५ लाख रुपैँया खर्च लाग्ने र २५ हजार दर्शकहरुको सहभागिता रहने अनुमान गरिएको छ । मेलाको टाईटल स्पोन्सरको रुपमा कंगारु एजुकेशन फाउन्डेशन रहेको छ भने सब टाईटल स्पोन्सरको रुपमा किङ्गस् ईन्स्टिच्यूट रहेको छ । मेलाको सहयोगीको रुपमा ईम्पल्स ईन्टरनेशनल ईन्स्टिच्यूट रहेको छ भने बैकिङ पार्टनरको रुपमा प्राईम बैंक रहेको छ ।

मेलालाई एजुकेशन पार्कले मुख्य प्रायोजन गरेको छ भने ट्रिनीटी एजुकेशन फाउन्डेशन, स्मार्ट ओपन एकेडेमी, डेल्टा एडुकेयर नेपाल, बेकन प्रिमियर ईन्टरनेशनल एजुकेशन र यूरो–एशिया एजुकेशनल कन्सल्टेन्सी लगाएतका संस्थाहरुले प्रायोजन गरेका छन् ।

कमेन्टहरु
Loading...