ल्होसार म्युजिक फेष्टिबलको प्रचारगर्दै मोटरसाइकल ¥याली

पोखरा, २ माघ। ल्होसारको अवसरमा बैदाम तामाङ समाजले पोखरा रंगशालामा माघ ४ गते शनिवार आयोजना गर्न लागेको ल्होसार म्यूजिक फेष्टिबल – २०१४ को प्रचारगर्दै बिहीबार पोखरामा मोटरसाइकल ¥याली निकालिएको छ ।राष्ट्रिय झण्डा र संस्थाको झण्डा प्रदर्शनगर्दै पोखराको रगशालाबाट शुरु भएको ¥याली पोखराका विभिन्न स्थान परिक्रमापछि पुनः रगंशालामा पुगेर समापन भएको थियो । मोटरसाइकल ¥यालीको संयोजन गणेश बज्र लामाले गरेका थिए भने बैदाम तामाङ समाजका महासचिव कृष्णवीर लामाले ¥यालीका सहभागिहरुलाई स्वागत गरेका थिए ।

ल्होसार संस्कृतिको संरक्षण एवं पोखरा खहरेस्थित तामाङ शान्ति गुम्वा निर्माणका लागि अर्थ संकलन गर्ने उदेश्यले फेष्टिबल आयोजना गर्न लागिएको कार्यक्रम संयोजक एवं बैदाम तामाङ समाजका अध्यक्ष ज्याक तामाङले बताए। फेष्टिबलमा विश्वमा नेपालीको राष्ट्रिय ढाका टोपीलाई चिनाउने विश्वकै लोकप्रिय इण्डियन आयडल प्रशान्त तामाङ, गायिका आस्था राउत, अमेरिकी गायिका तेन्जिङ डोल्मा, गायक आसुसेन लामाको उत्कृष्ट प्रस्तुती रहने छ। उनीहरु शुक्रबार पोखरा आइपुग्ने आयोजकले जनाएको छ।

त्यसैगरी फेष्टिबलमा दार्जिलिङको ख्यातप्राप्त व्याण्ड मन्त्र र पोखरेली व्याण्ड डि–मोर्चाको प्रस्तुती सहित ल्होसार सम्बन्धि सांस्कृतिक कार्यक्रममा दर्शकहरु रमाउन पाउँने छन्। कार्यक्रमबाट संकलन भएको सम्पूर्ण रकम गुम्बा निर्माणका लागि खर्च गरिने बताइएको छ। कार्यक्रममा सहभागी भई भरपुर सांगितिक मनोरञ्जन लिन तथा कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पारिदिन सम्पुर्णलाई आव्हान गरिएको छ। फेष्टिबलको तयारी अन्तिम चरणमा पुगेको छ।

कमेन्टहरु
Loading...