सुनाखरीको वार्षिकोत्सवमा ‘हाईकु ःआलेख र अभिलेख’ प्रकासन

पोखरा, ३० पुस । सुनाखरी सन्देश साहित्यिक पत्रिकाले हाईकुको ऐतिहासिक दस्तबेज ‘हाईकु ः आलेख र अभिलेख’को लोकार्पणसहित विविध कार्यक्रम गरी आगामी माघ १६ गते दोस्रो बार्षिकोत्सव मनाउने भएको छ । हाईकु ः आलेख र अभिलेखमा स्वदेश र विदेशमा रहेका तीन सय २२ हाईकुकारका हाईकुहरु समावेश गरिएको छ । नेपाली, नेपाल भाषा र हिन्दी भाषामा लेखिएका हाईकुहरु पुस्तकमा छन् ।

‘हाईकु ःआलेख र अभिलेख’ सग्रह
‘हाईकु ःआलेख र अभिलेख’ सग्रह

नेपाल भाषाका ५३ कृतिसमेत गरी नेपालमा अहिलेसम्म दुई सय जति हाईकु संग्रह प्रकाशित भईसकेको पुस्तकका सम्पादक असफल गौतमको भनाई छ । तीन सय बढी हाईकुकारका हाईकुहरु र प्रकाशित हाईकु संग्रहहरुको समीक्षा र ईतिहाससमेत समावेश भएकोले पुस्तक नेपाली हाईकुको क्षेत्रमा ऐतिहासिक दस्तबेज रहेको सम्पादक गौतमले दाबी गरे ।

संघर्षमा कलम साहित्य समाज, पोखराले सङ्ग्रहको प्रकाशन गरेको हो । विविध पुरस्कारहरुसमेत सञ्चालन गर्दै आएको समाजले यसअघि आधा दर्जन बढी कृतिको प्रकाशन गरीसकेको छ । गत सालबाट प्रकाशन आरम्भ गरेको सुनाखरीका हालसम्म पाँच अंक प्रकाशित भईसकेका छन् । नेपाली साहित्य र केही हदसम्म संगीत र कलालाई समेटेको सुनाखरीले चाडै समकालीन नेपाली साहित्यका विभिन्न विधामा विशेषाङ्क प्रकाशन आरम्भ गर्ने सम्पादक शिव पलाँसले जानकारी दिए ।

कमेन्टहरु
Loading...