क्लिन भिलेज माइक्रोफाइनान्सको साधारण सभा

पोखरा, २९ पौष/क्लिन भिलेज माइक्रोफाइनान्स वित्तिय संस्थाको प्रथम बार्षिक साधारणसभा शनिवार संस्थाको सम्पन्न भएको छ । क्लिन इनर्जी डेभलपमेण्ट बैंकको सहायक कम्पनीको रुपमा रहेको यस संस्थाको साधारण सभा नेपाल राष्ट्र बंैक पोखराका प्रबन्धक बृहस्पति अधिकारीको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष उत्तम भ्लोनको अध्यक्ष्तामा सञ्चालित उद्घाटन शत्रमा बिभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, समह तथा केन्द्रका पदाधिकारी लगायतका सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि अधिकारीले छोटो अवधिमा दुर्गम जिल्लाहरुमा पुगेर ११ शाखा खोली आर्थिक र सामाजिक रुपमा पछि परेकालाई प्राथमिकता दिएर वित्तीय सेवा प्रदान गरेकोमा बधाई दिदै नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन र प्रचलित नीति नियमको पालना हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो । ग्रामीण भेगमा स्थापना गरिएका शाखाहरुमा अबसर र चुनौती दुवैको सामना गरी अघि बढ्नु पर्नेमा जोड दिदै संस्थाले समाजलाई के कति दिन सक्यो ? भन्नेमा त्यसको सफलता मापन हुने भएकाले यस अनुसारको परिकल्पना भएको देखिएकाले क्लिन भिलेज माइक्रोफाइनान्सले समाजबाट पुर्ण सहयोग पाउन सक्ने र समाजको आफन्त संस्था हुन सक्ने प्रमुख अतिथि अधिकारीले बताउनुभयो ।

क्लिन भिलेजका अध्यक्ष उत्तम भ्लोनले आफ्नो प्रतिवेदनमा भावी योजना अन्तर्गत वित्तीय संस्थाको हालको ११ शाखामा २ वटा शाखा थप गर्नको लागि नेपाल राष्ट्र बैंकमा निवेदन पेश भैसकेको र अन्य शाखाहरू पनि थप गरिने बताउनुभयो । हालको १० जिल्ला रहेकोमा ५ वटा पहाडी जिल्लाहरू थप गरी जम्मा १५ जिल्लामा कार्यक्रम सञ्चालन गर्न राष्ट्र बैंकमा निवेदन पेश गरिएको र ग्राहक सदस्यहरू मार्फत सरकारको विकास कार्यक्रमहरू, गैर सरकारी संघसंस्थाहरू, स्थानीय निकायका कार्यक्रमहरू र भैरहेका र भबिष्यमा हुने त्यस्ता कार्यक्रमहरू बिचमा समन्वय गरी कृषि, सिंचाई, खानेपानी, साना तथा घरेलु उद्योगहरू, वन ज·ल तथा बैकल्पिक उर्जाको सम्भाब्यता अध्ययन र उचित उद्यमशिलता पहिचान गर्न हौसला प्रदान गर्ने जस्ता कार्यक्रममा उत्साहित गर्न पहल गरी मुनाफाभन्दा सेवालाई प्राथमिकता दिने अध्यक्ष भ्लोनले बताउनुभयो ।

क्लिन इनर्जी डेभलपमेण्ट बैंकका महाप्रबन्धक तथा क्लिन भिलेजका सञ्चालक वर्षा श्रेष्ठले हामीले मुनाफा कमाउन खोजेको भए सुगम स्थानलाई कार्यक्षेत्र बनाउने थियौं, हिमाली जिल्लामा कार्य गर्दाका चुनौति थाहा हुदाहुदै पनि राष्ट्र बैंकको चाहना अनुसार दुर्गम तथा हिमाली क्षेत्र रोजेको बताउनुभयो ।

कमेन्टहरु
Loading...