खेलकुदसगै पर्यटन प्रवद्र्धनका लागि कराते प्रतियोगिता

पोखरा, २९ पुस/नेपाल क्योकुशिन बुदोकाई करा“ते संघ कास्कीको आयोजनामा माघे संक्रान्तिको अवसरमा पोखरा १५ टुटुङगामा हुने १३ औं माछापुच्छ«े करा“ते च्याम्पियसिप तथा दोस्रो क्योकुशिन बुदोकाई करा“ते प्रतियोगिताको तयारी पुरा भएको छ । विगतका वर्षहरुमा झैं संघले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराउने प्रशिक्षक लेखबहादुर थापा मगरले जानकारी दिए ।

उनका अनुसार पुरुष तर्फ ३० केजी मुनि, ३५ केजी मुनि, ४५ केजी मुनि, ५५ केजीमुनि र खुल्ला तौलमा प्रतिस्पर्धा गराईने छ । त्यसैगरी महिला तर्फको प्रतिस्पर्धामा भने ४५ केजी मुनि र ४५ केजीमाथि खुल्ला तर्फ गरी तीन इभेण्टमा प्रतिस्पर्धा गराईने संघका अध्यक्ष ज्ञानेन्द्र माकाजूले जानकारी दिएका छन् । प्रतियोगितामा विभिन्न तौल समूहमा विजयी खेलाडीलाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा विभिन्न तौल समूहका राष्ट्रिय खेलाडिहरुको सहभागिता रहने कार्यक्रम संयोजक दिपकबहादुर गोदारले जानकारी दिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खलाडिहरुको सहभागि हुने प्रतियोगिताले पोखराको खेलकुदस“गै पर्यटन प्रवद्र्धनमा सहयोगी हुने आयोजकले अपेक्षा गरेको छ । प्रतियोगितामा मोया थाईकिक बक्सिङ खेलको प्रदर्शनी समेत गरिने छ । प्रदर्शनी सम्भवत नेपालमै पहिलो हुने दावी समेत आयोजकले गरेका छन् । मोयाथाई किक बक्सिङको लागि आन्तरिक प्रशिक्षण समेत भईरहेको अवस्थामा आगामी दिनमा करा“तेस“गै मोयाथाई किक बक्सिङलाई पनि प्रतियोगितामा समावेश गरिने संयोजक गोदारले बताए । विगतका वर्षमा ढुङगेसाघु–१७ मा हुर्दैे आएको प्रतियोगिता यस बर्ष पोखरा–१५ टुटुङगामा हुन लगेको छ ।

कमेन्टहरु
Loading...