पोखरा, २७ पुस। १६ औं एन–प्याब्सान दिवसको अवसरमा एन–प्याब्सान कास्कीले शनिबार ज्येष्ठ नागरिकको सम्मान ग¥यो।लेखनाथ नगरपालिका वडा नं. १३ तल्लो गगनगौंडा लामेआहालस्थित राधाकृष्ण वृद्धाश्रममा रहेको ज्येष्ठ नागरिकलाई भोजन गराई लत्ताकपडा प्रदान गरेर सम्मान गरिएको हो। सो अवसरमा एन–प्याब्सानका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई र एन–प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीले वृद्धाश्रममा रहेका ४५ जना ज्येष्ठ नागरिकलाई संयुक्तरूपमा एक–एकवटा हर्लिक्स तथा एक–एक स्थान स्वीटर प्रदान गरेका थिए।कार्यक्रममा प्रमुख अतिथि राधाकृष्ण वृद्धाश्रमका महन्त लक्ष्मीशरण उपाध्यायले यो वृद्धाश्रम तल्लो गगनगौंडामा छ है भनेर मिडियामा प्रचार–प्रसार भएपछि दुई–ढाइ वर्षयतादेखि बल्ला वृद्धाश्रममा सहयोग आउन थालेको बताए। उनले ज्येष्ठ नागरिकको सम्मानले आफूहरूको मात्र नभइ राज्यको नै गौरव बढाएको बताए। एन–प्याब्सानको यो पवित्र कार्यले ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्दोरहेछ भन्ने भावना सबैमा जगाएको दाबी गरे।

एन–प्याब्सानका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराईले भोलिको पिंढीले पनि केही कुरा सिकून् भनेर एन–प्याब्सानले ज्येष्ठ नागरिकको सम्मान गर्ने कार्यक्रम गरेको बताए। उनले आÇनो पनि भोलि स्थिति यस्तै हो भन्ने ठानेर ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्ने बताए। ज्येष्ठ नागरिकको सम्मानले पुण्य प्राप्त हुने पनि उपाध्यक्ष भट्टराईको भनाइ थियो। राधाकृष्ण वृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले वृद्धवृद्धाको सेवा गरे भावी पिंढीलाई फलीफाप हुने भएकोले यस्तो पवित्र काममा एन–प्याब्सान कास्कीले देखाएको सहयोगी हातहरूप्रति आभार प्रकट गरे।वृद्धवृद्धा भएपछि पुग्ने ठाउँ सबैको त्यही नै हो भन्ने बुझेर सबैले वृद्धवृद्धालाई मन फुकाएर सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए।
एन–प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीले आÇनो समयमा ज्येष्ठ नागरिकले समाज र राज्यलाई पु¥याएको योगदानको मूल्याड्ढन गरिनुपर्ने बताए। उनले राज्यले वृद्धा भत्ता दिए पनि कति आवश्यक छ, सबैले पाएका छन् कि छैनन् भनेर हेर्ने नगरेको आरोप लगाउँदै ज्येष्ठ नागरिकलाई पछिसम्म पनि सक्रिय बनाइराख्नको लागि नीतिनियम बनाउनुर्पे बताए। उनले तीन ‘स’ सम्मान, शक्ति र सम्पत्ति बाल्यकाल, युवा र वृद्धसँग ठ्याक्कै मेल खाने बताए।सो अवसरमा वृद्धाश्रमको तर्फबाट एन–प्याब्सान कास्कीलाई सहयोगको प्रमाणपत्र प्रदान गरिएको थियो।