उद्घाटन खेलमा पश्चिमाञ्चल विरुद्ध सुदुरपश्चिमाञ्चल भिड्ने
पोखरा, २७ पुष/प्रथम लुम्बिनी च्याम्पीयनशिप २०७० अन्र्तगत शनिबारदेखि पोखरामा १८ औं संस्करणको राष्ट्रिय महिला भलिवल प्रतियोगिता सुरु हुने भएको छ ।पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा पश्चिमाञ्चल बिरुद्ध सुदुरपश्चिमाञ्चल विच खेल हुने भएको छ । त्यसै गरी शनिबार दोश्रो खेलमा मध्यमाञ्चल बिरुद्ध मध्यपश्चिमाञ्चल विचको खेल हुने भएको आयोजक नेपाल भलिवल संघले जनाएको छ ।
लिगकम नकाउटका आधारमा पाँच दिनसम्म चल्ने प्रतियोगितामा ७ टिम सहभागि हुने भएको संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक यामबहादुर गुरुङले बताए । माघ १ गतेसम्म चल्ने प्रतियोगितालाई सफल पार्न राष्ट्रिय खेलकुद परिषदको बिशेष सहयोग, क्षेत्रिय भलिवल संघले संयोजन गरेको हो । प्रतियोगितामा बिभागिय दुई नेपाल पुलिस क्लव र सशस्त्र प्रहरी वल(एपिएफ) सहित पाँच विकास क्षेत्रबाट पाँच गरी ७ टिमको सहभागिता रहने भएको संघले जनाएको छ ।
विजेता टिमले ५० हजार, उपविजेताले ३० हजार र तेश्रो हुनेले २० हजारको साटमा ट्रफी मेडल प्रमाणपत्र पाउने भएको क्षेत्रिय भलिवल संघका अध्यक्ष छ्यामबहादुर थापाले बताए । समुह एमा १६ औैं संस्करणको विजेता पश्चिमाञ्चल, एपिएफ, पुर्वाञ्चल, र सुदुरपश्चिमाञ्चल रहेका छन । त्यसै गरी समुह बीमा मध्यमाञ्चल, नेपाल पुलिस क्लव र मध्यमाञ्चल विकास क्षेत्र रहेका छन । प्रतियोगितालाइ सफल पार्न क्षेत्रिय भलिवल संघका अध्यक्ष छ्यामबहादुर थापाको अध्यक्षतमा मुल आयोजक समिति गठन भएको थियो । विभिन्न उपसमितिहरुले आ–आफ्नो जिम्मेवारीका साथ काम गरेको थापाले जनाए । पोखरा रंगशालामा रवरको म्याटमा भलिवल खेल हुने भएको छ ।
यसै विच पश्चिमाञ्चलको महिला भलिवलको टोली विगत दुई सातादेखि प्रशिक्षणमा व्यस्त रहेका छन । पश्चिमाञ्चलको टिम प्रशिक्षक कौशीला खत्री तथा साहायक प्रशिक्षकमा टहलसिंह थापा रहेका छन । पश्चिमाञ्चलका खेलाडीहरुमा मञ्जु गुरुङ, परीक्षा गुरुङ, अरुणा शाही, खुशी खड्का, मनिषा चौधरी, सुक्रिया गुरुङ, मान्ती आले, सिपोरा गुरुङ, शशी चौधरी, बिमला चौधरी, पुष्पा चौधरी र गीता थापा रहेका छन् ।