गोकुल बानिया
पोखरा, २६ पुष/नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले अदालती फेरबन्दमा नपरी संबिधानसभाको बैंठक छिट्टै बोलाउनुपर्ने बताएका छन् । अन्तराष्ट्रिय प्रचलन अनुसार राष्ट्राध्यक्षको हैसियतले राष्ट्रपतिलेनै बैंठक बोलाउनुपर्ने पक्षमा लबिङ गर्दै आएको कांग्रेसले अदालती निर्णयलाई नपर्खी बैंठक तत्काल बोलाउनु पर्ने बताए ।
संबिधानसभाको पहिलो बैठक राष्ट्रपति वा अन्तरिम मन्त्रीपरिषद्का अध्यक्ष कसले बोलाउने भन्ने मुद्दामा सर्बोच्चले पुष २९ गते एउटै ईजलासमा सुनुवाईको मिति तोकेको छ । तर कांग्रेस उपसभापति पौडेलले संसद बैंठक तत्काल बोलाउनुपर्ने बताए । पोखरा बिमानस्थलमा आज सञ्चारकर्मीसंगको कुराकानीमा पौडेलले भने ‘ ढिलो नगरी संबिधानसभाको बैंठक बोलाउनुपर्छ , अदालति फेरबन्दमा पर्न हुदैन । ’
दोस्रो संबिधानसभा निर्बाचनबाट ठुलो दल बनेको कांग्रेसमा भाबि प्रधानमन्त्रीको लागि शिर्ष नेताहरुबिच कुरा नमिलिरहेका बेला प्रधानमन्त्रीकै आकांक्षि मध्यका एक पौडेलले सहमतिकै आधारमा टुङ्गो लगाउने दाबि गरेका छन् । पार्टीभित्रको बिबाद सामान्य भन्दै सहमतिबाटै प्रधानमन्त्री को बन्ने भन्ने टुङ्गो लगाउने बताए । अद्यपी आफ्नो आकांक्षा पनि स्वभाबिक भएको उनको जिकिर छ ।