पौष २५, पोखरा /अतिजम केयर नेपालको आयोजनमा शुक्रवार पोखरामा अपाङ्ग सम्बन्धी नाटक अतिजम प्रर्दशन गरिने भएको छ ।अपाङ्गताको एउटा अवस्था अतिमजबारे जानकारी दिने उदेश्यले विहान पृथ्वीचोकमा सो नाटक मञ्चन गर्न लागिएको प्रोजेक्ट कोओर्डिनेटर सुरेन्द्र बज्रचार्यले जानकारी दिनुभयो । अतिम बौद्धिक किसिमको अवस्था हो ।
अतिजम भएका व्यक्तिहरुमा सञ्चार, समाजिकरण र कुनै क्रियाकलाप दोहो¥याइरहने प्रवत्ति हुन्छ । नेपालमा करिव ३ लाख व्यक्तिहरुमा अतिजम भएको अतिजम केयर नेपालले जनाएको छ । यस मध्य ८० देखि ९० प्रतिशत अतिग्रस्त छन् । यो जन्मजात हुने गर्दछ । सहि रुपमा पुनःस्थापना गर्ने हो भने यसबाट सुधार गर्न सकिने बताइएको छ ।
यस अघि सो नाटक काठमाडौ र तनहुँको दमौलीमा प्रर्दशन भइसकेको छ । आगामी दिनमा स्याङजा, पाल्पा, रुपेन्देही र चितवनमा प्रर्दशनको तयारी गरिएको संयोजक बज्रचार्यले जानकारी दिनुभयो ।