समाज सेवी दीक्षा चापागाई पोखरा आउने

पोखरा, २४ पुस/पवित्र समाज सेवा नेपालकी अध्यक्ष दीक्षा चापागाई सहितको टोली पुस २६ गते पोखरा आउने भएको छ । सो टोलीले २ दिनसम्म पोखराको अवलोकन भ्रमण गर्ने जानकारी टोलीकी अध्यक्ष दीक्षाले दिएकी छन् । काठमाडांै धापासी बसुन्धरामा रहेको समाजले विगत १५ वर्षदेखि ३२ जना असहाय बालबालिकाको पालन पोषण स्याहार सुसार र शिक्षा दिक्षाको व्यवस्था गर्दै आएको छ ।

dhssa balbakसमाजलाई सहयोगको आवश्यकता परेको र पोखरामा त्यस्ता सहयोगी हातहरु प्रशस्त रहेको बुझेको उनले बताइन् । आर्थिक सहयोग सँकलन गर्ने उद्देश्यले भ्रमण तय नभएको बताउँदै उनले अनाथहरुलाई पोखरा राम्रो र घुम्न लायक शहर भनेर चिलाउन लागेको जानकारी दिइन् ।

‘भ्रमणका क्रममा कोही पोखरेलीबाट सहयोग प्राप्त भए स्वीकार गरेर हात थाप्छु’ समाज सेवाको क्षेत्रमा अतुलनीय योगदान पु¥याएकी चापागाइँले भनिन् । भ्रमणमा दुई वर्षका बालकदेखि १ सय ५ वर्षसम्मका बृद्ध सुद्धबहादुर डङगोल समेत रहने जानकारी प्राप्त भएको छ । भ्रमण टोलीको पोखरामा खाने बस्नेको ब्यवस्था एक दिनका छोरा छोरी अभियानले गर्ने अभियानका अभियान्ता मोती भूजेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...