पोखरा २२, पुष/पोखरा रंगशालामा भोलि (मंगलबार) देखि प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पीयनसिप २०७० अन्तर्गत ७ औं महिला तथा १६ औैं पुरुष राष्ट्रिय ह््याण्डवल प्र्रतियोगिता सु्रु हुुने भएको छ । नेपाल ह््याण्डबल संघका केन्द्रीय अध्यक्ष एंव प्रतियोगिताका मुल संयोजक तेजबहादुर गुरुङले उक्त प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको बताए । पुष २६ गतेसम्म चल्ने उक्त प्रतियोगितामा २ विभागिय सहित ७ टिमको सहभागिता रहेको आयोजक नेपाल ह््याण्डबल संघले जनाएको छ ।
प्रतियोगितामा पाँच विकास क्षेत्रका पाँच टिम सहित नेपाल आर्मी र सशस्त्र प्रहरी वल सहित ७ टीमको सहभागिता रहने भएको संघले जनाएको छ । राष्ट्रिय खेलकुद परिषदको तत्वाधानमा, कास्की जिल्ला ह्याण्डबल संघ र कास्की जिल्ला विद्यालय ह्याण्डबल संघको विशेष सहयोगमा संचालन हुने प्रतियोगितामा पुर्वाञ्चल विकास क्षेत्र, मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चलका पाँच विकास क्षेत्रबाट एक एक टिम सहभागि हुने भएका हुन ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप २०७० यही पुष १५ गतेदेखि माघ १५ गतेसम्म देशका विभिन्न ठाँउमा विभिन्न खेलहरु आयोजना हुदैछन । विजेता टीमलाई ट्रफी मेडल र प्रमाण–पत्र प्रदान गरीने भएको छ । चारदिने उक्त प्रतियोगिता सम्पन्न गर्न करीब ३० लाख खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगितालाई सफल पार्न राष्ट्रिय खेलकुद परिषदले १० लाख दिएको छ भने बाँकी रकम विभिन्न व्यक्ति तथा संस्थाबाट संकलन गरीने भएको संयोजक गुरुङले बताए । लिग कम नकाउटका आधारमा संचालन हुने प्रतियोगिताको उद्घाटन खेल भने नेपाल आर्मी बिरुद्ध सशस्त्र प्रहरी वल एपिएफ विच हुने भएको छ । सवै टिमहरु तयारी अबस्थामा रहेको तथा पोखरा आईसकेको आयोजकले जनाएको छ ।
पुरुषतर्फ पश्चिमाञ्चलको टिम यसपालीको राष्ट्रिय प्रतियोगिता जित्दै ह्याट्रिक गर्ने दाउमा छ । पश्चिमाञ्चलका प्रशिक्षक कृष्ण शाक्यले आफुहरुसंग अन्तराष्ट्रिय ५ जना अनुभवी खेलाडीहरु भएकोले यसपालीको समेत उपाधि जित्ने तयारीमा रहेको दाबी गरे । करीब २२ दिन प्रशिक्षण गराएको बताउद्रै शाक्यले आफुहरुका खेलाडीहरु स्कुलमा आबद्ध भएकोले पनि उनीहरु फममा रहेको बताए । विशाल बस्नेतको कम्तानिमा मैदानमा उत्रिने तयारी गरेको पश्चिमाञ्चलले महिला तर्फ पुर्व राष्ट्रिय खेलाडी एलिसा लामिछानेको कप्तानिमा मैदानमा उत्रिने तयारीमा रहेको छ ।