पोखरा, १९ पुस। साना किसान कृषि सहकारी संस्था लिमिटेड सराड्डकोट–७ कास्कीको नवौ साधारण सभा तथा चौथो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले भोजकुमारी थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरेको छ ।समितिको उपाध्यक्षमा विन्दु थापा, सदस्यहरुमा सरला नेपाली, विमला ढकाल, तारा जिसी, शान्ति खड्का, चिजमाया तिमिल्सिना, सरस्वती तिमिल्सिना, हरिमाया गौतम, शान्ति भण्डारी, यमकुमारी पहाडी, राधिका थापा, सारदा पराजुली, सविना केसी, सारदा अधिकारी रहेका छन् । अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि संविधान सभासद् सिता गिरिले आयआर्जनमा लगानि गर्न महिलाहरुलाई आग्रह गरिन् ।
महिला शशत्तिकरणका लागि आय आर्जनको खाँचो पर्ने बताएको बताउदै उनले आम्दानी हुने क्षेत्रमा लगानी गर्न आग्रह गरिन् । उनले आफु सधै महिला शशक्तिकरणका लागि जोडदार रुपमा आवज उठाउने पनि स्पष्ट पारिन् । कार्यक्रममा सराड्डकोट गाविसका निवर्तमान गाविस अध्यक्ष झपटबहादुर थापाले सहकारीले महिलाहरुको आयआर्जन नेतृत्व र क्षमता विकास ठुलो फड्को मारेको बताउदै यसको निरन्तरताको कामना गरे ।