आर्यन सिग्देल ग्याङस्टारका ‘नाईके’

पोखरा, १७ पुस /द ब्ल्याक स्याडो प्रोडक्शनको ब्यानरमा नेपाली फिल्म ‘नाईके’ निर्माण हुने भएको छ । निर्माण कम्पनीले बुधबार अँग्रेजी नयाँवर्षको अवसर पारेर फिल्मको घोषणा गरेको हो । पोखरामा आयोजित घोषणा कार्यक्रममा निर्माणपक्षले केहि दिनमा फिल्मको सुटिङ शुरु हुने जानकारी दिएको छ ।

NAAIKE Designनेत्र गुरुङले निर्देशन गर्ने फिल्ममा नाईकेको भुमिकामा नायक आर्यन सिग्देल देखिदैछन् । उनलाई नाईके बन्नलाई नायक रेम बिक र बोधराज रेग्मीले सघाउँदैछन् । घोषणा कार्यक्रममा नायिकाको नाम भने खुलाईएन । ‘नायिकाको विषयमा कुराकानी भैरहेको छ ।’ निर्देशन नेत्र गुरुङले भने–‘केहि दिनमा नायिकाको पनि हामीले सार्वजनिक गर्नेछौँ ।’

पोखराकै निर्माताहरुको लगानीमा निर्माण हुन लागेको फिल्मले ग्याङस्टारहरुको कथा बोक्ने घोषणाको क्रममा जानकारी दिईयो । ‘फिल्मले ग्याङस्टारका आत्मव्यथा, उसलाई हेर्ने सामाजिक नजर, देशको राजनीतिक चलखेल, भावनात्मक सम्बन्धका किस्साहरु र विभिन्न सामाजिक परिवेशहरुलाई समेट्छ ।’ फिल्मका लेखक समेत रहेका निर्देशक गुरुङले भने–‘आर्यन सिग्देललाई यो फिल्ममा नितान्त भिन्न रुपमा प्रस्तुत गर्न लागेका छौँ ।’

कार्यकारी निर्माता विष्णु हमाल रहेको फिल्ममा उनीसंगै जगदीश खनाल, आनन्दशरण क्षेत्री, नारायण खनाल, संगीता पराजुली र रेशा गुरुङले लगानी गर्दैछन् । उनीहरु सबैजना वित्तिय क्षेत्रसंग सम्बन्धित छन् । फिल्मका लागि ४० लाख रुपैँया खर्च लाग्ने प्रारम्भिक अनुमान छ भने चलचित्रको सम्पुर्ण छायाँकन पोखरा र आसपासकै क्षेत्रहरुमा गरिने निर्माणपक्षले जानकारी दिएको छ ।

banner director netra grg Nayak Rem Bk Right

कमेन्टहरु
Loading...