प्रशासनद्वारा रु एक करोड १७ लाख राजस्व सङ्कलन

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले रु एक करोड १७ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव ०७७÷०७८ को साउनदेखि पुस मसान्तसम्म छ महिनाको अवधिमा उक्त राजस्व सङ्कलन भएको जनाएको छ ।

राहदानी शुल्कबापत रु ९२ लाख १० हजार ५ सय, न्यायिक दण्ड, जरिवाना र जफत शुल्क रु १६ लाख ९१ हजार, कम्पनी संस्था रजिष्टे«शन नवीकरण शुल्क रु पाँच लाख ३६ हजार २ सय २० सङ्कलन गरेको छ । त्यसैगरी प्रशासनिक दण्ड, जरिवाना,जफत शुल्क रु दुई लाख आठ हजार ९ सय , हातहतियारको इजाजतपत्र दस्तुर रु ६५ हजार ६ सय ५० र अन्य प्रशासनिक सेवा शुल्क रु आठ हजार ७३० गरी उक्त राजस्व सङ्कलन गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकता प्रमाणपत्र चार हजार ३ सय ४५, प्रतिलिपि नागरिकता दुई हजार १ सय ३४ नाबालक परिचयपत्र १ सय १०, अङ्गिकृत दुई र एउटा नागरिकता रद्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

त्यसैगरी जिल्लाबाट सिफारिस गरिएका राहदानी एक हजार ९ सय , दु्रत सेवा सिफारिस ४ सय , राहदानी वितरण एक हजार २ सय ६१ रहेको छ । कार्यालयले विपद् पीडितका लागि रु बाह्र लाख ५९ हजार सहयोग गरेको छ । कार्यालयमा ४१ मुद्दा दर्ता भएकोमा सबै मुद्दा फछ्र्यौट भएको सो कार्यालयले जनाएको छ ।

त्यसैगरी कार्यालयले अन्य सिफारिस एक हजार ६ सय ७, आदिवासी जनजाति प्रमाणित ८ सय ८, पेन्सन सिफारिस ६ सय ६४ र दलित प्रमाणित १ सय ३ सिफारिस गरिएको जनाएको छ । संस्था नवीकरण ४ सय ४८, हातहतियार नवीकरण १ सय १५, हातहतियार नामसारी तीन, तिब्बती शरणार्थी परिचयपत्र नवीकरण १ सय ४०, संस्था नयाँ दर्ता ११, शरणार्थीका लागि यात्रा अनुमति पत्र सिफारिस एक जनालाई गरिएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण लामो समय सेवा प्रवाह रोकिन पुगेका कारणले राजस्व सङ्कलनमा कमी आएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी भएको लकडाउनको आदेशपश्चात् रोकिएका विकास निर्माणका काम सुरक्षाका मापदण्ड अपनाएर शुरु गर्न लगाइएको प्रजिअ आचार्यले जानकारी दिए ।

जिल्लाभित्रका राष्ट्रिय आयोजना तथा प्राथामिकतामा रहेका योजना तथा आयोजना र अन्य निर्माणका कार्यलाई क्रमशः अघि बढाउन सहजीकरण गर्दै अघि बढिएको प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

कमेन्टहरु
Loading...