पोखरा, ११ पौष/कास्कीको ल्वाङघलेलमा रहेको बौद्ध सृजना युवा क्लबले ल्होसारको अवसरमा पन्ध्रौं ल्होसार घलेल उत्सव को आयोजना गर्ने भएको छ । पुष १५ देखि १९ गतेसम्म संचालन गरिने कार्यक्रम क्लबको वडा नं. ५ र ६ मा अवस्थित खेल मैदानमा गरिने क्लबका अध्यक्ष रामबहादुर गुरुङले जानकारी दिए ।
मेलामा साँस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रमका खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता, महिला भलिवल प्रतियोगिता, खुल्ला लोकदोहोरी, एकल नृत्य प्रतियोगिता आयोजना गरिने मेलाका संयोजक रोशन गुरुङले जानकारी दिए । प्रतियोगिता अन्र्तगत घैँटो फुटाउने, रसी तान्ने, ठेलो लगायतका विभिन्न कार्यक्रम हुने छन् ।
यसैगरि गुरुङ फिल्म कर्मको च्यारिटी शो तथा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने संयोजक गुरुङले बताए । मेलाका अवलोकनकर्ताले अर्गानिक परिकारका स्वाद चाख्न पाउनुको साथै पर्यटकीय मनोरमको दृश्यावलोकन तथा स्थानीय कला संस्कृति अवलोकन गर्न पाउनेछन् । मेलालाई २५ हजार बढिले अवलोकन गर्ने क्लबले विश्वास गरेको छ ।