कङ्गयूर पुजाको समापन बुधबार, रिम्पोछेद्धारा वाङ दिइने

पोखरा ०९ पौष /तमु ल्होसारको अवसरमा पोखरा १० रामघाट बुद्धशान्तिमार्गमा गत १० दिन देखि जारी कङ्गयूर पाठ तथा तानागघोसुम पुजा मंगलवार समापन भएको छ । तमु जातिहरुको त ल्हो घोडा वर्गको अवसरमा गत पुस एक गतेदेखि आयोजना गरिएको कङ्गयूर पाठ मंगलबार समापन भएको गुम्बाले जनाएको छ । मंगलवार नमोबुद्ध काभ्रेका परम्पुज्य ढुल्क धम्छे रिम्पोछेको विषेश उपस्थितीमा पुजाको समापन गरिएको गुम्बाका लामागुरु आम्ची गोपाल लामाले जानकारी दिए ।gumba 1मंगबार बिहान पोखरा आइपुगेका रिम्पोछेलाई विशेष ¥याली सहित पोखराको बिरौटा चोकबाट नगर परिक्रमा गराई गुम्बामा पु¥याइएको थियो । गुम्बामा रिम्पोछे आउने थाहा पाएपछि वढी भक्तजनहरु गुम्बामा सहभागी रहेको लामा गुरुङ्गले वताए । रिम्पोछेको विशेष उपस्थितीमा ९ दिन देखि जारी कङ्गयूर पाठ तथा तानागघोसुम पुजाको समापन गरिएको उनको भनाइ रहेको थियो ।

९ दिन लामो उक्त कङ्गयूर पाठ तथा हिंस्रक जनावार बाघ , घमण्डी सांढे र फोहोरी जनावार सुँगुरको टाउकोको प्रतिमा बनाइ आयोजना गरिएको तानागघोसुम पुजामा कास्की र छिमेकी जिल्ला स्याङ्गजा, तनहु, पर्वत, बाग्लुङ्ग लगायत बिभिन्न जिल्लाका १५ हजार वढी भक्तजनहरुले सहभागीता जनाएका थिए । त्यसैगरी पोखरामा रहेका विभिन्न संघसस्थाको समेत पुजामा सहभागीता रहेको थियो ।

यसैविच कङ्गयूर पाठको समापनको दिन पारेर बुधवार गुम्बामा नमोबुद्ध काभ्रेका परम्पुज्य ढुल्क धम्छे रिम्पोछेद्धारा वाङ अभिषेख प्रदान गरिने गुम्बाले जनाएको छ । कङ्गयूर पाठपछि रिम्पोछेद्धारा वाङ लिदा आफुमा भएको नराम्रा कुराहरु हटेर जाने जनविश्वास अनुसार भक्तजनहरु वाङमा सहभागी हुने गुम्बाका लामागुरु फुर्वा गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...