पोखरा ९ पौष /मुलुकको समसामयिक बिषयहरुमा केन्द्रित रही साक्षात्कार कार्यक्रम मार्फत जनतालाई सुसुचित गराउंदै आएको रिपोर्टर्स क्लब नेपालको पश्चिमाञ्चल क्षेत्रिय समितीको बैठक सोमबार सम्पन्न भएको छ ।
रिपोर्टर्स क्लब नेपाल क्षेत्रिय समितीका अध्यक्ष राज बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले रिक्त रहेको कोषाध्यक्ष पदमा सगरमाथा टेलिभिजनका भुपाल गुरुङ र सह–सचिबमा पोखरा एक्सप्रेस पाक्षिकका जमुना शर्मा बर्षा लाई जिम्मेवारी दिने निर्णय गरेको छ । त्यसैगरि बैठकले पोखरामा क्षेत्रिय कार्यालय स्थापना गर्नका लागी उपाध्यक्ष तरुण सुबेदी, कोषाध्यक्ष भुपाल गुरुङ र सदस्य दिपक परियार रहेको समिती गठन गरिएको सचिब यदुनाथ बञ्जाराले जानकारी दिनुभएको छ ।
बैठकले क्षेत्रिय समिती गठन गरि जिम्मेवारी दिइएकोमा केन्द्रिय समिती प्रति आभार प्रकट गर्दै स्थानिय तथा राष्ट्रिय बिषयहरुमा केन्द्रित रही साक्षात्कार कार्यक्रमको माध्यमबाट जनतालाई सुसुचित गराउने समेत निर्णय गरेको छ ।