नेष्डो नेपालको ४५ दिने लघु वित्त अभियान अन्र्तगत नाउँडाँडा शाखामा

कास्की ३ पुष । राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको ४५ दिवसीय लघु वित्त अभियानको आठौँ दिन नाउँडाँडा शाखामा एक दिने १३ औं लघु वित्त दिवस तथा वार्षिक कार्यक्रम समिक्षा गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा कास्की जिल्लाको ७ गाविसमा गठित ४७ महिला स्वावलम्वन केन्द्र तथा स्थानीय सरोकारवाला निकायका प्रतिनिधी गरी १ सय ६७ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष विश्व प्रकाश प्रसाईले महिला तथा विपन्न परिवारलाई आयमुलक व्यवसायको माध्यमवाट जीवनस्तरमा सुधार महत्वपूर्ण उपलब्धि हात पारेका बताएका छन् ।संस्थाका लघु वित्त विभाग प्रमुख विश्ववन्धु प्रसाई, आन्तरिक लेखा परिक्षण प्रमुख वद्री प्रसाद मिश्र, फण्डडेस्क अफिसर इन्द्र के.सी. जुनियर अफिसर इश्वरी शर्मा, ओम्ना क्षेत्री, केन्द्र प्रवन्धक राम कुमारी के.सी. र तारादेवी पौडेल लगायतले कार्यक्रमका विभिन्न सेवा सुविधाका वारेमा सहजीकरण गरेका थिए ।

शाखा अन्र्तगत आर्थिक वर्ष २०६९÷७० मा उत्कृष्ट स्थान हासिल गर्ने ४ वटा केन्द्रहरुलाई पुरस्कृत गरिएको छ । कास्की जिल्ला लुम्ले– ५ स्थित नबजागृती महिला स्वावलम्वन केन्द्र प्रथम, ढिकुरपोखरी गा.वि.स स्थित परिवर्तन महिला स्वावलम्बन केन्द्र दृत्तिय, ढिकुरपोखरी गाविस स्थित सृष्टि महिला स्वालम्वन केन्द्र तृत्तिय र कास्कीकोट गाविस स्थित मुस्कान महिला केन्द्रलाई सान्त्वना पुरस्कार प्रदान गरिएको संस्थाले जनाएको छ ।

नाउँडाँडा शाखाले ७ सय ७३ विपन्न परिवारलाई संस्थामा आवद्ध गरी कुल ३ करोड ८३ लाख ९१ हजार ७ सय ७४ रुपैँया विनाधितो कर्जा लगानी गरेको छ र सदस्यहरुवाट ३८ लाख ५३ हजार ४ सय २० रुपैँया निक्षेप संकलन गरेको संस्थाका ंएच.आर.डि विभाग प्रमुख लक्ष्मी कुमारी मेघासीले जानकारी दिए ।

कमेन्टहरु
Loading...