सडक महोत्सवका बारेमा स्वास्थ्य उपचार र वस व्यवसायी सँग छलफल

पोखरा, ३ पौष/१५ औं पोखरा सडक महोत्सव सम्वन्धमा पोखरा वस व्यवसायी समिती सँग छलफल कार्यक्रम हिमालयन किचन रेष्टुरेण्टमा सम्पन्न कार्यक्रममा रेवान पोखराका अध्यक्ष गोपी वहादुर भट्टराई ज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त वैठक वाट महोत्सवमा आउने पाहुनाको सुविधालाई मध्य नजर गर्दै रात्रि कालीन वस सेवा सञ्चालन राति अवेर सम्म डिहिकोपाटन गरिने निर्णय गरिएको छ ।

Street Festival sadakकार्यक्रममा रेवान पोखराको तर्फवाट १५ औं पोखरा सडक महोत्सवका संयोजक वलराम पहारी, सह–संयोजक विष्णु वानियाँ, भिमसेन भुजेल, साँस्कृतिक संयोजक तथा उपाध्यक्ष चौ वहादुर गुरुङ्ग, कोषाध्यक्ष विश्वराज पौडेल, महा–सचिव लक्ष्मण वराल, ज्यूहरुको उपस्थिती रहेको थियो भने पोखरा वस व्यवसायीको तर्फवाट अध्यक्ष माहाप्रसाद सुवेदी, उपाध्यक्ष क्षेत्र वहादुर राना, सचिव स्वदेश साही, सह–सचिव माधव प्रसाद गौतम, कार्यसमिती सदस्य भोज राज आचार्य, राम कृष्ण भण्डारीले सडक महोत्सवका बारेमा चर्चा गरेका थिए ।

यसै गरि महोत्सवमा आपतकालिन स्वस्थ्य सेवा सम्वन्धमा छलफल कार्यक्रममा रेवान पोखराका अध्यक्ष गोपी वहादुर भट्टराई ज्यूको अध्यक्षतामा तथा आपतकालिन स्वास्थ्य सेवाका संयोजक भिष्म राज पौडेलको संयोजकत्वमा सम्पन्न वैठकवाट महोत्सव क्षेत्र भित्र आवश्यक सेवा सुविधा दिने, लगायत एम्वुलेन्स, औषधी पनि व्यवस्था गरिने निर्णय भएको छ ।

कार्यक्रममा रेवान पोखराको तर्फवाट १५ औं पोखरा सडक महोत्सवका संयोजक वलराम पहारी, सह–संयोजक विष्णु वानियाँ, भिमसेन भुजेल, साँस्कृतिक संयोजक तथा उपाध्यक्ष चौ वहादुर गुरुङ्ग, कोषाध्यक्ष विश्वराज पौडेल, महा–सचिव लक्ष्मण वराल, ज्यूहरुको उपस्थिती रहेको थियो भने स्वास्थ्य संस्थाहरु वाट नमस्ते हस्पिटल पार्दि वाट डा मान गुरुङ्ग, नमस्ते हस्पिटलका प्र. निर्देशक टेकनारायण पौडेल, मेरी प्रजनन स्वास्थ्य केन्द वाट डा मुकेश कुमार मल्लिक र एक बहादुर गुरुड, नमस्ते कम्युनीटी वाट डा.सुरजीत सेन , गण्डकी मेडीकल कलेज वाट दिनेश प्रशाद पौडेल र महेन्द्ध राज कोईराला , नेपाल रेडक्रस सोसाइटी वाट कृष्ण तिमिल्सिना , परिर्वतनको लागी युवा नेपाल वाट दृश्य सुवेदी र दिपक पराजुली ,सिद्धाथ क्लव वाट अध्यक्ष दिपेन्द्ध मर्सानी र उपाध्यक्ष अनिल श्रेष्ठ राय राख्नुभएको थियो ।

कमेन्टहरु
Loading...