कुरचिनेखर्क सामुदायिक वन कास्कीकै सर्वोकृष्ट

पोखरा, २ पुस÷ अर्मला गाविस वडा नं ६ कुरस्थित कुरचिनेखर्क सामुदायिक वन कास्की जिल्लाकै सर्वोकृष्ट सामुदायिक वन घोषित भएको छ । कास्कीमा रहेका कूल चार सय ७५ मध्ये कुरचिनेखर्क सामुदायिक वन सर्वोकृष्ट घोषित भएको हो । तीन सय ७४ वनलाई पछि पार्दै सर्वोकृष्ट भएको सो सामुदायिक वनलाई सात हजार नगद र प्रमाणपत्रसहित सम्मान गरिएको छ । जिल्ला वन कार्यालय कास्कीका सहायक वनअधिकृत खगेन्द्रराज बरालले सोमबार आयोजित कार्यक्रममा कुरचिनेखर्क सामुदायिक वन उपाभोक्ता समितिका अध्यक्ष विष्णु बस्नेतलाई सर्वोकृष्ट पुरस्कार हस्तारण गरेका थिए ।

सहायक वन अधिकृत वराले वन उपभोक्ता समितिका नियमित गतिविधि, लेखा परीक्षण प्रतिवेदन, कार्य समितिमा ७५ प्रतिशत महिला भएको र कबुलियती वनको अवधारणाअनुसार सञ्चालित आयमूलक कार्यक्रमका आधारमा गरिएको मूल्याङ्कनबाट कुरचिनेखर्क सामुदायिक वन सर्वोकृष्ट भएको जानकारी दिए । यसबीच कुरचिनेखर्क सामुदायिक वन उपभोक्ता समितिको १८ औं वार्षिक साधारण सभा सोमबार विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।

वनले यसवर्ष एक लाख ४२ हजार पाँच सय दुई रुपियाँ आम्दानी गरेको छ । आगामी वर्षमा दलित, तथा एकल महिला र गरीवहरुका लागि कृषिमा ऋण लगानी गर्ने र एसएलसी परीक्षामा सर्वोकृष्ट अंकल ल्याउने उपभोक्ताका छोराछोरीलाई पुरस्कारको व्यवस्था गरिने कवुुलियती वनका अध्यक्ष शिवकुमारी बस्नेतले जानकारी दिएकी छन् ।

वन उपभोक्ता समितिका अध्यक्ष विष्णु बस्नेतको सभापतित्वमा भएको कार्यक्रमा जिल्ला वन उपभोक्ता महासंघ कास्कीका उपाध्यक्ष जीतबहादुर बस्नेत, कवुलियती वन तथा कुरआमा समूहकासचिव पुष्षा विश्वकर्मा, उपभोक्ता प्रेमबहादुर बस्नेत, मधु विश्वकर्मा लगायतले सामुदायिक वनबाट हुने फाइदाका बारेमा चर्चा गरेका थिए ।

कमेन्टहरु
Loading...