पोखरा, पुस २ गते /कास्कीको लेखनाथ–९, बेगनासस्थित डायमण्ड मोडेल स्कुलमा रहेको स्काउट ट्रूपले एक कार्यक्रमका बीच आफ्ना सदस्यहरुलाई दीक्षा प्रदान गरेको छ । ट्रूपका अध्यक्ष तथा विद्यालयका प्रिन्सिपल कमलराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल स्काउटका केन्द्रीय पार्षद शिवबहादुर भण्डारीले सदस्यता व्याज हस्तान्तरण गर्नुभएको थियो ।
१९ जना छात्र र ८ जना छात्रालाई दीक्षा प्रदान गरिएको सो कार्यक्रममा सदस्य मदनबाबु कोइराला, अमृता श्रेष्ठ, ट्रूप लिडर स्मृति सुवेदी, सहायक प्रधानाध्यापक श्रीराम ढकाललगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन स्काउट मास्टर देविरमण तिवारीले गर्नुभएको थियो ।