पोखरा, २ पुष/कास्की जिल्लाको भलाम गाविस मूलथलो भएरदेशभरि छरिएर रहेका आत्रेय गोत्रीय पौडेलहरुको आज भएको भेलाले नया“ नेतृत्व चयन गरेको छ । भेलाले रेवतीविलाष पौडेलको अध्यक्षतामा ११ सदस्यीय नया“ नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्ष गोबिन्दप्रसाद पौडेल, सचिव कालीप्रसाद पौडेल र कोषाध्यक्ष प्रजापति पौडेल रहेका छन् ।सो कार्यसमितिमा कृष्णराज पौडेल, राजेश्वरी हमाल, इन्द्रप्रसाद पौडेल “पारिखन्ना”, दुर्गाप्रसाद पौडेल सदस्य छन् । त्यस्तै चेतना पौडेल, पवित्रा पौडेल र सूर्यबहादुर थापा पनि उक्त कार्यसमितिको सदस्य रहेका छन् । सोही भेलाले पण्डित गुप्तराज पौडेललाई निरन्तर रुपमा कुल मन्दिरको पूजारीका रुपमा निरन्तरता दिएको छ ।भेलाकै क्रममा आत्रेय गोत्रीय पौडेलहरुले दत्तात्रेय जयन्ती समारोहको पनि आयोजना गरेको थिए ।
