पोखरा, २ पौष/दिपायलस्थित सिलगुढी नगरपालिकाको एयरपोर्ट बजार र तिखागाउँमा पर्छ–गोदरे खोला ,जहाँ बगरमा बिँडी,सुर्ती,चुरोट,गुट्खा टफी, बिस्कुट, चाउचाउ र चिया पाइने झुपडी पसल छन् । मध्य दिनबाट स्थानीयको आउने –जाने क्रम बढ्छ । यो ओहोरदोहोर घरायसी किनमेलका लागि भने होइन ।
स्थानीय महिला घर खर्च चलाउन बगरमा गिट्टी कुट्न ओइरिएइका हुन् भने पुरुषहरु बगरमा रहेका पसलमा मदिरा पिउन र तास खेल्न व्यस्थ रहेको आजको कान्तिपुरमा मोहन शाहीको खबर लेखेका छन् । दिपायल–मेल्लेख–डौड जाने कच्ची बाटोको मुखमै रहेको गोदरेखोलामा देखिने ‘लैंगिक बिभेदको मार्मिक दृश्युले मनै चसक्क बनाउँछ । गिट्टी कुट्ने महिलाकै परिवारका पुरुष सदस्यहरु पसलमा झुम्मिएिका हुन्,जो दिनभर तास खेल्छन्, र मदिरामा झुम्छन् ।
गिट्टी कुट्ने महिलाहरु परिवारको पुरुषहरुको यो ुगैरजिम्मेवार र विभेदपुर्ण शैलीुलाई सामान्य रुपमा लिन्छन् । ‘सँगै काम गरेर सहयोग गरिदिऊन भन्ने आशा कुन महिलालाई हुन्न रु’तिखाकी सरु खड्काले भनिन्,‘तर हामी महिला श्रीमानको झै पसल चाहार्दै मस्ती गर्ने जात होइन,त्यो पुरुषकै लागि सुहाउने भएकाले चुप लाग्छौं ।’