क्रिकेट खेलाडीलाई सरकारको सम्मान, दश दश लाख प्रदान

काठमाडौ, १ पौष/सरकारले संयुक्त अबर इमिरेटस युएइमा टि ट्वान्टी क्वालिफाई प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरी आगामी वर्ष बङ्गलादेशमा आयोजना हुने टि ट्वान्टी वर्ल्डकप प्रतियोगितामा पुग्न सफल नेपालको राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ।मन्त्रिपरिषद् कार्यालयमा आयोजित सम्मान कार्यक्रममा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले क्रिकेट टिमलाई सम्मान गरेका छन्।

nepali cricket samanकेही समय पहिले बसेको मन्त्रिपरिषद्को बैठकले सफल क्रिकेट टिमका खेलाडीलाई जनही रु १० लाख, प्रशिक्षकलाई रु पाँच लाख र अन्य सहायकलाई रु तीन लाख ५० हजार प्रदान गर्ने निर्णय गरेको थियो। सम्मानित हुनेमा क्रिकेट टिमका कप्तान पारस खड्का तथा खेलाडी सुवास खकुरेल, अनिलकुमार मण्डल, ज्ञानेन्द्र मल्ल, महेश खकुरेल, प्रदीप ऐडी, सागर पुन, शरद भेषवाकर, वसन्त रेग्मी, अमृत भट्टराई, राहुल विक, अविनाश कर्ण, शक्ति गौचन र जितेन्द्र मुखिया रहनुभएको छ। उनीहरुलाई प्रतिव्यक्ति रु १० लाखका दरले रकम प्रदान गरिएको थियो।

यस्तै गरी क्रिकेट टिमका प्रशिक्षक पृथुवु दासनायकेलाई पाचँ लाख र सम्मानपत्र प्रदान गरिएको थियो भने व्यवस्थापक पूर्णबहादुर लामा, फिजियोथेरापिस्ट हिरास्वामी सुक्रवन्यम र प्राविधिक सहायकलाई रु तीन लाख ५० हजारसहित सम्मान गरिएको थियो।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले मुलुक र क्रिकेट टिमलाई थप जिम्मेवारी र चुनौती थपिएको छ भन्दै आगामी दिनमा अझ मेहनतका साथ खेलमा लाग्न र मेहनत गर्नुपर्नेमा जोड दिए। आगामी वर्ष बङ्गलादेशमा आयोजना गरिएको टि ट्वान्टी खेलमा नेपाललाई ठूलो सफलता दिलाउनका लागि आवश्यक तयारी गर्न आग्रह गरे।

कमेन्टहरु
Loading...