लम्जुङ्गमा बन्यो ६५ किलोवाटको लघु जलविद्युत आयोजना (फोटो फिचर सहित)

सागर राज तिमिल्सिना
पोखरा, ३० मंसिर/राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा निर्मित पसगाउँ लघु जलविद्युत आयोजनाको वन तथा भू–संरक्षण मन्त्री एवम् राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष टेकबहादुर थापा घर्तीले उद्घाटन गरेका छन् । आयोजनाले इलाका संरक्षण कार्यालय भुजुङ्ग अन्तरगत पसगाउँमा निर्माण सम्पन्न भएको ६५ किलोवाट क्षमताको आयोजनाबाट पसगाउँ गाउँ विकास समितिका वडा नं ५ देखि ९ सम्मका २ सय १४ घरघुरी विद्युत सेवा पुगेको छ । Pasgaun Micro hydro Inauguration program on Lamjung (1)आयोजना निर्माण सम्पन्न भइ २०७० भाद्र २ गतेबाट परीक्षण प्रसारण गरिएपछि पसगाउँ आसपासका गाउँहरुमा बत्ति बाल्न, खाना पकाउन र घरेलु तथा साना उद्योगहरु सञ्चालन गर्न प्रयोग भएको छ । विद्युत प्रयोग गर्न थालिएपछि स्थानीयको आवश्यकता पुर्तीका लागि वनश्रोतमा पर्ने दवाव कम हुने विश्वास स्थानीयको भनाई छ ।
२ करोड ५० लाखको लागतमा निमार्ण भएको परियोजनाका लागी जिइओ रेनफोरेस्ट जर्मनले २ करोड १२ लाख सहयोग गरेका थियो । मन्त्री घर्तीले लघु जलविद्युत आयोजनाको निर्माणले पसगाउँका वस्तीहरुलाई अध्यारोबाट उज्यालोतिर डो¥याएको बताए । कार्यक्रममा पूर्व पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्री पृथ्वी सुब्बा गुरुङ्ग, कोषका सदस्य सचिव गोविन्द गजुरेल, कोषका निर्देशक डा. सिद्धार्थ बज्र बज्राचार्य, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका निर्देशक लालप्रसाद गुरुङ लगायतले आयोजना निर्माणले ल्याउने परिवर्तनका बारेमा चर्चा गरेका थिए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले यसअघि पनि आयोजना क्षेत्रमा १३ लघु जलबिद्युत आयोजना निर्माण गरी समुदायमा हस्तान्तरण गरीसकेको छ । २०३९ सालमा व्यवस्थापकीय ऐनद्वारा स्थापित भई प्रकृति संरक्षणका क्षेत्रमा काम गर्दै आएको राष्ट्रिय प्रकृति संरक्षण कोषले करिव ३ दशक लामो यात्रामा प्रकृति संरक्षण, जैविक विविधता संरक्षण, साँस्कृतिक सम्पदा संरक्षण, पर्यावरण पर्यटन र दिगो विकासका थुप्रै परियोजनाहरू सम्पन्न गरेको छ । Pasgaun Micro hydro Inauguration program on Lamjung (2) Pasgaun Micro hydro Inauguration program on Lamjung (3) Pasgaun Micro hydro Inauguration program on Lamjung 4 (1) Pasgaun Micro hydro Inauguration program on Lamjung 4 (2) Pasgaun Micro hydro Inauguration program on Lamjung 4 (3)

कमेन्टहरु
Loading...