करेण्ट लागेर पोखरामा एकको मृत्यु

सागर राज तिमिल्सिना
पोखरा, ३० मंसिर/पोखरा १३ को पाटनबेशीमा करेण्ट लागेर एक महिलाको मृत्यु भएको छ । शनिवार साझँ करेण्ट लागेर ३० वर्षिया चन्द्र कुमारी गुरुङ्ग मृत्यु भएको हो । घरमा पानी चढाउने मोटर चलाउने क्रममा विद्युत सर्ट भई करेण्ट लाग्दा गुरुङ्ग गम्भीर घाइते भएकी थिइन् । गम्भिर घाईते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पतालमा लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो । मृतको सवलाई पोष्माटमका लागी सव गृहमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...