पोखरा, २९ मंसिर/अर्मला ग्रामीण बचत तथा ऋण सहकारी संस्थाले चार प्रतिशत लाभाँश शेयर वितरण गर्ने निर्णय गरेको छ । संस्थाको सातौं वार्षिक साधारण सभाले यस्तो दिने निर्णय गरेको हो । शेयर पूँजी १७ लाख ८२ हजार छ सय रुपियाँ रहेको संस्थाले १६ लाख ४२ हजार ६९ रुपियाँ निक्षेप संकलन गरेको छ भने ४० लाख २८ हजार पाँच सय रुपियाँ कर्जा लगानी गरेको छ ।संस्थामा एकसय ९६ जना शेयर सदस्य रहेको सहकारी सञ्चालक समितिका अध्यक्ष रामप्रसाद भट्टराईले जानकारी दिए । तीमध्ये एकसय २२ जना महिला, ७३ पुरुष र एक संस्थागत सदस्य छन् । संस्थाले सञ्चालन गरेको बालबचत खातामा ६३ बालबचतकर्ताबाट बचत हुने गरेको छ । यसबाट मासिक पचत्तर हजार रुपियाँ संकलन हुने गरेको छ । शेयर सदस्यहरूको मासिक बचतमा वार्षिक ६ प्रतिशत र बालबचतमा वार्षिक आठ प्रतिशत व्याज प्रदान गरिएको छ भने संस्थाले वार्षिक १२ प्रतिशका दरले कर्जा उपलब्ध गराउँदै आएको छ ।
संस्थामा मासिक दुईसयदेखि एकहजार रुपियाँसम्म बचत गर्न सकिने प्रावधान रहेको छ । यसैबीच संस्थाको शनिबार सम्पन्न सातौं वार्षिक साधारण सभा विविध कार्यक्रमसहित सम्पन्न भएको छ । संस्थाले शैक्षिक, कृषि, असल बचतकर्ता र असल ऋणीलाई पुरस्कार वितरण गरेको छ । शेयर सदस्यका छोराछोरीमध्ये सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याउने मनिशा भट्टराई, निजि विद्यालय तर्फबाट समिर भट्टराई , अपील भट्टराई , निशा भट्टराई र दलिततर्फ पार्वती वि.क लाई पुरस्कार वितरण गरिएको थियो ।
त्यस्तै कृषितर्फ गणेशप्रसाद भट्टराई र नवीन भट्टराईलाई पुरस्कृत गरेको छ । असलऋणी आसवीर विश्वकर्मा र शालीग्राम बाँस्तोला पुरस्कृत भए भने असल बचतकर्तामा नवीन भट्टराई र अम्बिका भट्टराई पुरस्कृत भए । अर्मला ग्रामीण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामप्रसाद भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय समाजसेवी मनोहरी भट्टराई, अर्मला पर्यटन विकास मञ्चका अध्यक्ष गुरुदत्त भट्टराई, वडा संयोजक पशुपति भट्टराई, नारायाण प्राविका शिक्षिका तारा भट्टराई, सहकारीका लेखा समिति संयोजक जयलाल भट्टराई, सदस्यहरू मैयाँ विश्वकर्मा, रमा सुवेदी, राममायाँ बस्नेत, राम्जीबहादुर बस्नेत, लक्ष्मी भट्टराईले सहकारीका विधि गतिविधिबारे प्रकाश पारेका थिए ।
२०८१ पुष ८ गते सोमबार
अर्मला ग्रामीण बचत तथा ऋण सहकारीद्वारा लाभाँश शेयर वितरण
कमेन्टहरु