पोखरा, २९ मंसीर /लुमन्ति आवासका लागि सहयोग समुह, पोखरा उप—महानगरपालिका र लक्ष्मी बैंकको सहकार्यमा पोखरा १४ मा संचालित क्लीफ परियोजना अन्र्तगत सुन्दरटोलमा निर्माण भइरहेका घरहरुको शनिबार अध्ययन अवलोकन गरिएको छ । क्लीफ परियोजना अन्र्तगत नै चाउथेमा निर्माण भएको समावेशी टोल विकास संस्थाको नेतृत्वमा सदस्यहरुले सुन्दरटोलको अवलोकन गरेका हुन । लुमन्तिको आयोजनामा भएको अवालेकन र अन्तरक्रियामा दुबै ठाउँमा भईरहेको निर्माण कार्यको समिक्षा गर्नुका साथै निर्माण कार्यको अनुभव साटासाट गरिएको थियो ।अन्तरक्रियामा दुवै टोलमा भइरहेका राम्रा कार्यलाई एक अर्काले अनुसरण गर्न आफुहरु तयार रहेको बताउँदै घर निर्माणमा परेका समस्या पनि उनीहरुले राखेका थिए ।
कार्यंक्रममा समावेशी टोल विकास संस्थाका अध्यक्ष माधव बरालले क्लीफ परियोजना अन्र्तगत समावेशी टोलमा ७५ वटा घर निर्माणको काम धमाधम भइरहेको र माघ सम्ममा निर्माण कार्य सम्पन्न हुने बताउनुभयो ।उहाँका अुनसार घर निर्माणसँगै आवश्यक भौतिक पुर्वाधार निर्माणको काम थालिएको छ ।समावेशी टोलका उपभोक्तालाई आवश्यक पिउने पानीको व्यवस्था र सबै घरको एउटै सेफ्टीट्याङ्क निर्माण गरी बायो ग्यासलाई बिजुलीमा परिणत गर्ने योजना लुमन्तिले ल्याएको कर्मचारी सन्तोष जिसीले जानकारी दिनुभयो ।
कार्यक्रममा सुन्दरटोल आवास व्यवस्थापन समितिका कोषाध्यक्ष माया विकले परियोजना अन्र्तगत सुन्टरटोलमा २९ वटा घर निर्माण तिव्र रुपमा भइरहेको र केही घर सम्पन्न भएको जानकारी दिनुभयो ।लुमन्तिका प्राविधिक राजेन्द केसीले दुबै ठाउँका उपभोक्तालाई एक अर्कामा परिचित गराउनुका साथै निर्माण कार्यको अनुभव साटासाट र आगामि दिनमा गरिने भौतिक निर्माणको कार्यलाई सहज बनाउन अवलोकन कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
परियोजना अन्र्तगत निर्माण भएका दुबै टोलमा आवश्यक पर्ने भौतिक पुर्वाधारमा नगरपालिकाले सहयोग गर्नेछ ।परियोजनाले व्यवस्थित बस्ती निर्माणमा सहयोग पु¥याएकोले नगरपालिको पुर्वाधारमा लगानी गर्न लागेको हो ।
