पर्यटक बसभित्रै फ्रि–वाईफाई इन्टरनेट सेवा

पोखरा २८ मंसिर । पोखराबाट काठमाडौं र चितवनको लागि सञ्चालित माउन्टेन ओभरल्यान्ड टुर्स एन्ड ट्राभल्सको बसमा निशुल्क निन्टरनेट सुबिधान उपलब्ध गराईएको छ । राजमार्गमा गुड्ने बसभित्रै फ्रि वाईफाई इन्टरनेट सेवा उपलब्ध गराईएको सञ्चालक सोम थापाले बताए ।

यो रुटमा पहिलोपटक यसरी नियमित रुपमा बसभित्रै इन्टरनेट सेवा उपलब्ध गराइएको हो । बसमा यात्रा गर्ने स्वदेशी तथा विदेशी यात्रुको सुविधालाई ध्यानमा राखेर फ्रि वाइफाई सेवा उपलब्ध थापाले बताए ।

‘यात्रुको सुविधाका लागि यो सेवा जडान गरेका हौं । यसबाट बसमा यात्रा गर्दा सञ्चारसम्पर्क बिहीन हुनुपर्ने अवस्था आउने छैन, थापाले भने, यात्रा गर्दै इन्टरनेट चलाएर यात्रुले आफन्त र साथीभाईसँग सम्पर्क गर्दै व्यक्तिगत कामसमेत गर्न सक्नेछन् । ’ राजमार्गका केही खोंच र घुम्तीबाहेक अन्यत्र यो सेवा सजिलै उपयोग गर्न सकिने आजको नागरिक दैनिकले छापेको छ ।

internet

ईन्टरनेट सेवाको लागि नेपाल टेलिकमको वाइम्याक्स आउटडोर युनिट बसमा जडान गरिएको छ । त्यसमा वाइफाई राउटरको कनेक्सनमार्फत इन्टरनेट सेवा दिइएको सञ्चालकले बताएका छन् । अहिलेको लागि २५६ केबिपिएसको गतिमा सेवा प्रदान गरिएको छ । यो गति बढाएर २ एमबिपिएससम्म पु¥याउन सकिने टेलिकमले जनाएको छ ।

वाइम्याक्सको नेटवर्क भएको ठाउँमा यो सेवा सहज हुनेछ । राजमार्गका कतिपय ठाउँमा नेटवर्क नटिप्ने भए पनि केही बेरपछि पुन कनेक्ट हुने कम्पनीले जनाएको छ । माउण्ट ओभरल्यान्डले आफ्ना ६ वटै बसमार्फत यो सेवा दिन थालेको थापाले बताए । टेलिकम पोखराका सेल्स प्रमुख राजेश रेग्मीका अनुसार पोखराबाट पर्यटक बसमा पहिलोपटक यो सेवा दिइएको हो ।

पोखरा–काठमाडौं र पोखरा–चितवन रुटमा हाइवे नै कभरेज हुने गरी बाटोमा वाइम्याक्स टावर छन् । ती टावरको क्षमता करिब २० किलोमिटर टाढासम्म हुन्छ । राजमार्गका अधिकांश ठाउँमा यो सेवा पुगेको छ ।

कमेन्टहरु
Loading...