सेतीमा पानीको सतह गहिरियो, करोडौंको लगानीमा बनाईएको घाट क्षतिग्रस्त (फोटो फिचर सहित)

पोखरा, २५ मंसीर/सेती नदीले बनाएको घाटहरु जिल्ला विकास समितिलाई आन्तरिक स्रोत बनेको छ । तर तिनै घाटहरु सर्वसाधारणका लागि खर्चिलो बनेको छ । दाहसंस्कारको लागि व्यवस्थित बनाइएको घाटहरु नदीले भत्काएपछि सार्वसाधारणलाई सास्ती हुन पुगेको छ ।  दाहसंस्कारको लागि पोखराबासीले शान्तिघाट, रामघाट र तुलसीघाट व्यवस्थित बनाएका थिए ।
sati nadi (5)तर नदीले बगाएर क्षति पु¥याएपछि करोडौंको लगानी बालुवामा पानी झैं भएको छ । अहिले घाट भत्किएपछि दाहसंस्कार गर्न समेत कठिनाई भएको छ । पोखराको रामघाट क्षेत्रमा गत असोज महिनामा आएकोे बाढीले लाखौं रुपैया“ खर्चेर निर्माण गरिएको घाटमा क्षति पु¥याएको छ । ‘महायज्ञ लगाएर उठाएको ७५ लाख र स्थानीय विकास मन्त्रालय अन्र्तगत पोखरा उपमहानगरपालिकाले उपलब्ध गराएको ७८ लाख रुपैया गरी एक करोड ५३ लाख लागतमा घाट निर्माण गरेका थियौ’, शान्तिघाट निर्माण विकास समितिका उपाध्यक्ष भीमवहादुर पौडेलले भने–‘ निर्माण गरेको दुई वर्ष नबित्दै बाढीले घाटमा क्षति गरेपछि समस्यामा छौं ।’
त्यस क्षेत्रमा नदीले गहिरो गरी खोलेर बगेपछि घाट जमिनको सतहदेखि छुट्एिको छ, उनले थपे–‘चिता बनाउने ठाउ“ समेत छैन् । इन्जिनियरहरुको विज्ञटोलीले घाटको डिजाईन गरेपनि अवस्था भने यस्तो छ ।’ स्याङजाको पुतलीखेत, कुभिण्डे, कास्कीका कृष्ती, चापाकोट गाविस र पोखरा उपमहानगरपालिकाको वडा नम्बर १७, ६,७,८,९ का बासीन्दाहरुको मुख्य घाट हो । घाटलाई बाढीले क्षती गर्दा कास्की मात्र नभएर स्याङजाका व्यक्तिहरु पनि समस्यामा परेका छन् । लाखौ रुपैया“ लगाएर निर्माण गरिएको घाट एक्कासी क्षती हुदा“ बालुवामा पानी खनाएजस्तै भएको निर्माण समितिका उपाध्यक्ष पौडेल गुनासो गर्छन.् ।

लाखौं रुपैया“ खर्च गरेर घाट निर्माण गरियो तर अहिले यस्तो विजोग भएको छ उनी भन्छन्–‘अव लाखौ रुपैया“ घाट निर्माणमा खर्च गर्नुभन्दा सरकारीस्तरवाटै शव दाह गर्ने विद्युत्तीय मेसिन उपलब्ध भए राम्रो हुनेथियो । यसो गर्न सकिए दाउरा बचत भई बन जङगल संरक्षणकासाथै वातावरण प्रदुषण पनि कम हुने थियो ।’  शान्ति घाट निर्माण विकास समितिले विस २०६१ साल देखि त्यस क्षेत्रको घाट निर्माण गर्दै आएको छ । समितिले मलामी बस्ने घर, गेट, क्रियापुत्री घर, चिता बनाउने ठाउ“, रेलिङ लगाएतका भौतिक संरचना निर्माण गरेको छ ।sati nadi (2)

शान्ति घाट मात्र होईन् लाखौ रुपैया“ खर्च गरेर निर्माण गरिएको रामघाट, तुलसी घाट पनि बाढीले क्षती पु¥याएको छ । रामघाटमा बालुवाको अत्याधिक उत्खन्न्का कारण पनि नदीको पानीले जमिन खोल्दै गएको छ । शान्तिघाटको पुर्वमा रहेको घाटमा पनि स्थानीय रामघाटबासीले महायज्ञ लगाएर दान संकलन गरी व्यवस्थित बनाइएको छ । यद्यपी नदीको कटानले क्ष्ँति पु¥याएको छ । साढे दुई करोडको लागतमा निर्मित गरिएको हो । तारजालीयुक्त ढुंगाको क्याभिन लगाई दुईवटा चिता समेत निर्माण गरिएको छ ।
नदीको कटान नियन्त्रण नगरिए गम्भीर क्षति पुग्ने सम्भावना छ । कटान रोक्नलाई जिल्ला विकास समितिले आन्तरिक स्रोत बढाउने नाममा दिईएको घाटहरुको ठेक्कालाई रोक्नुपर्ने देखिन्छ । आन्तरिक स्रोत स्रोत जुटाउदा“ जतनालाई समस्यमा परेकाले यस प्रति चासो देखाउनु आवश्यक पर्छ । चाहिने भन्दा बढी बालुवा, गिटी निकाल्दा“ अझ समस्या पर्ने देखिन्छ । त्यसैले सरोकारवाला निकायले यस प्रति तत्काल चासो दिनु जरुरी छ । होईन भने वातावारण संरक्षणका लागि सरकारी स्तरवाट भैरहेको पहल अर्थहिन हुनेछ ।
फोटो फिचर हेर्नका लागी क्लिक गर्नु होस् https://ganthan.com/photo/sati-nadi-pokhara/

कमेन्टहरु
Loading...