कम्बोडियन र श्रीलङ्कन साहित्यकारले सुने बाबाका अनुवाद गरिएका कविता

पोखरा, २४ मङ्सिर। अग्रज साहित्यकार तथा गीतकार दुर्गाबहादुर शाह बाबाका अङ्ग्रेजीमा अनुवाद गरिएका उत्कृष्ट कविता सुनेर श्रीलंका तथा कम्बोडियाका साहित्यकारहरु मन्त्रमुग्ध भएका छन्। दुई हरफ कविता संग्रहबाट केही र अन्य नयाँ अग्रेजीमा अनुवाद गरिएका कविताहरुसहित उनले दुई देशमा गरी तीन दर्जन बढी कविता सुनाएका थिए।बाबाका कवितालाई डा.बामदेव सिग्देल, गनेस पौडेल र प्रवेश विक्रम शाहले अंग्रेजीमा अनुवाद गर्न सहयोग गरेका थिए। बाबाको एकल कविता वाचनमा आमन्त्रित श्रीलंकाका वरिष्ठ गायक तथा संगीतकार डा. प्रशिष्टले ‘बाबा’का सिर्जनाबाट प्रभावित भई अब आउने बाबाको दोस्रो आधुनिक गीति एल्बमको लागि तीन वटा गीतमा संगीत तथा स्वर भरिदिने भएका छन्।

श्रीलंका तथा कम्बोडियाका कार्यक्रम संयोजकहरु मुथिअ हरिहरन र यिम रासिको पूर्ण सहयोग एवम् सद्भावमा बाबाको उक्त कार्यक्रम सम्पन्न भएको थियो। सो अवसरमा बाबाले नेपालको चिनारी झल्कने गरी नेपाल पर्यटन बोर्डले प्रबद्र्धनका लागि प्रकाशन गरेको ब्रुसर, पोष्टर तथा भिडियो सामाग्रीहरु दुवै देशका साहित्यकारहरुलाई वितरण गरेर नेपालमा पर्यटनको सम्भावनाकाबारे जानकारी गराएका थिए। बाबाले गौतम बुद्धको जन्म भूमि नेपाल, सगरमाथाको देश नेपाल पर्यटकीय दृष्टिले धनी भएकाले त्यहाँका साहित्यकारहरुलाई नेपाल भ्रमण गर्न उपयुक्त स्थल भएको समेत जानकारी गराएका थिए। बाबा शनिबार स्वदेश फर्कीसकेका छन्।

कमेन्टहरु
Loading...