पोखरा, २४ मंसिर/राष्ट्रिय परोपकार महासङघ नेपालको आयोजनामा पोखरा रंगशालामा जारी श्रीमद भागवत धन धान्याञ्चल विराट ज्ञान महायज्ञको तेस्रो दिन सम्म श्रद्धालु भक्तजन संगै दानविर पनि बढेका छन् । सोमबार सम्म ४१ लाख नगद दान प्राप्त भएको छ ।जस मध्य तेस्रो दिन मात्र २५ लाख रुपैयाँ नगद दान प्राप्त भएको परोपकार महासंघ नेपालका कोषाध्यक्ष विष्णु प्रसाद पौडेलले जानकारी दिएका छन् । त्यस्तै १५ लाख मुल्य बराबरको गोप्य भूमिदान पनि प्राप्त भएको उनले जानकारी दिएका छन् ।
महायज्ञको तेस्रो दिन सम्म नगद दान गर्नेहरु मध्य पुतली बजार १० स्याङजा(हाल पोखरा १७)का महाप्रसाद सुवेदी÷ज्ञानिन्द्र सुवेदीले दुई लाख २२ हजार २२२, पोखरा १५तल्लो सिमल बोटका ललित भण्डारी द्धारा २ लाख १ हजार १११, काऊँ ३ कास्कीका भिमलाल लामिछाने द्धारा १लाख ५१ हजार ११५,स्यानी पाटन पोखरा १५का ललित बहादुर कुँवर र पोखरा १२ चापापानीका पूर्व एसपि नरेस बहादुर काकी द्धारा १लाख ११ हजार १११, १लाख ११ हजार १११, रामसोती फाउण्डेसन पोखरा ३ नयाँ बजार बाट १ लाख १० हजार ११५, म्याग्दी बेनी बजारकी मिना कुमारी जोसीले एक लाख ३ हजार,आदर्श आमा समुह पोखरा १५ द्धारा ५५ हजार १५५,परोपकार दार्सिङ दहथुम गाविस स्तरीय समिति स्याङजा द्धारा ५१ हजार ८४१,परोपकार नगर स्तिरीय नारि समिति पोखरा द्धारा ५१ हजार १५१, राष्ट्रिय परोपकार नारी समुह लेखनाथ ३ इकाई समुति द्धारा ५० हजार ५५५, प्रेमलाल÷सीता÷दुर्गा पराजुली द्धार ५० हजार १५१ र पुतली बजार १२ स्याङ्जाका प्रकाश बन्दु अर्याल द्धारा ५० हजार ५रुपैयाँ प्राप्त भएको छ ।
त्यस्तै, सृजना आमा समुह पोखरा १ लामाचौर द्धारा १६ हजार ३५२, पोखरा १७ छोरेपाटनका हवल्दार पदमसिंह थापा मगर द्धारा १५ हजार ५५५, लेखनाथ ८ शिसुवाका डिल्ली रमण÷दुर्गा देवि बास्तोला द्धारा १५हजार ११५,पोखरा १८ मनकामना टोलका टोल विकास समिति÷ मनकामना पंचायन÷महिला समाज सुधार मनोहर युवा कलव द्धारा १५ हजार १११ रुपयाँ प्राप्त भएको कोषाध्यक्ष पौडेलले जानकारी दिए ।
धन धान्याञ्चल महायज्ञमा धान दान गर्नेहरु पनि प्रसस्त बढेका छन् । सोमबार तेस्रो दिन सम्म कास्की बाहीर मात्रै झण्डै ५५ क्विन्टल बराबर धान दान प्राप्त भएको प्रचार प्रसार उपसमिति संयोजक तिलक थापाले जानकारी दिए।
बालआश्रम, गुरुकुल आश्रमको क्षमता वृद्धि,गौरक्षा ,अध्यात्मिक शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत सहयोग पु¥याउने उधेश्यले लगाइएको महायज्ञमा पारेपकार महासंघका समेत अध्यक्ष रहेका भागवत भाष्कर युवा पण्डित कमल नयन गौतम स्वयम महायज्ञका मुख्य कथा बाचक रहेका छन् ।
महासंघले सञ्चालन गरेको वैदिक गुरुकुल आश्रमको विकास गर्न यज्ञ खर्चवाट शेष रहेको रकम क्षीरसागर अक्षयकोष स्थापना गर्ने, गौरक्षा अभियान, अन्र्तगतको नारायणी धाम गङगेश्वर महादेव मन्दिर निर्माण कार्य अगाडि बढाउने र परम्परागत मान्यता,सीप र श्रोतको पहिचान स्थापित गर्न सहयोग पु¥याउने उधेश्यले महायज्ञ लगाइएको हो ।
यही मंसिर २२ गतेबाट सुभारम्भ भएको महायज्ञ २९ गते सम्म चल्ने छ । महायज्ञमा बाहिरी जिल्लाबाट आउने भक्तजनका लागि भोजन सहित आवास सुविधा समेत प्रदान गरिएको छ । महासंघले कल्पवृक्ष प्रवद्र्धन अभियान, गगास्वच्छता अभियान, धर्मशाला एवं अन्नक्षेत्र लगाएतका अभियान यस अघिनै सञ्चालन गरिसकेको छ ।
२०८१ पुष ८ गते सोमबार
महायज्ञमा भक्तजन संगै दानविर पनि बढे
कमेन्टहरु