नेपालमा बसाई सरेर आउने सिकारी चराको संख्या बढेको छ । अघिल्लो बर्ष भन्दा बिभिन्न मुलुकबाट नेपालको बाटो भएर बसाई सर्ने सिकारी चराको संख्यामा बृद्धि भएको हो । कास्कीको काडे र मुस्ताङको कालिगण्डकी उपत्यका भएर बसाई सर्ने सिकारी चराको संख्या अघिल्लो बर्ष भन्दा ३७ सय बढेको चरा गणनामा संलग्नहरुले बताएका छन् ।
सिकारी चराहरु नेपालमा कास्कीको काडे र मुस्ताङको कालिगण्डकी उपत्यका दुई वटा बाटो भएर तिब्बत, मंगोलिया,दक्षिण भारत, दक्षिण अफ्रिका, मंगोलिया, पूर्बि रसिया लगायतको क्षेत्रमा बसाइ सर्ने गरेका छन् ।