पर्यटन यातायात समितिमा पुनः बोबरजंग

पोखरा, ४ भाद्र /पर्यटन यातायात समितिको नवौं अधिवेशन तथा १७ औं साधारण सभाले बोबरजंग गुरुङको अध्यक्षतामा १२ सदस्यीय कार्य समिति चयन गरेको छ ।

समितिको प्रथम उपाध्यक्षमा गणेश बहादुर सापकोटा, दितिय उपाध्यक्षमा बाबुराम पाण्डे, महासचिवमा नवराज अधिकारी, सचिवमा सुरेश दहाल, कोषाध्यक्षमा दुर्गादत्त दाहाल र सहकोषाध्यक्षमा दिपेन्द्र ढकाल चयन भएका छन् ।

त्यसै गरी समितिको सदस्यहरुमा तारा गौतम, कुमार आचार्य, प्रकाश श्रेष्ठ, सरोज पौंडेल र शोभाखर भण्डारी सर्वसम्मत चयन भएका छन् । कार्यक्रमको उद्घाटन पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले गरेका थिए भने जिल्ला समन्वय समिति कास्कीका बैनबहादुर क्षेत्रीलगाएतले शुभकामना व्यक्त गरेका थिए ।

कार्य समितिमा निवर्तमान अध्यक्ष सहित १५ सदस्यिय रहने विधानमा व्यवस्था रहेको महासचिव नवराज अधिकारीले वताए । निवर्तमान अध्यक्षमा मन्धरा ढकाल र कार्य समितिका दुई सदस्यको समितिको पहिलो बैठकले मनोनित गर्नेछ।
पर्यटन यातायात क्षेत्रको अग्रणी संस्था पर्यटन यातायात समिति २०५७ सालमा ४३ जना सदस्यबाट सुरु भएको हो ।

१७ वर्षमा यस संस्थामा १०५ पाँच कम्पनी र ३५० वटा पर्यटन भेहिकल दर्ता रहेका छन् ।  संस्थाले पर्यटन यातायातको क्षेत्रमा व्यवसायीक रुपमा लागेका व्यक्तिहरुको हितमा कार्य गर्दै आएको र यसका सदस्य दिनप्रतिदिन बढ्दै गएको पनि अध्यक्ष बोबरजंग गुरुङले वताए ।

कमेन्टहरु
Loading...