पोखरामा तेश्रो पर्वतिय महोत्सव हुने

पोखरा २६ कार्तिक। नेपाल पर्वतारोहण संघले अन्तराष्ट्रिय पर्वतिय दिवसको अवसर पारेर पोखरामा तेश्रो पर्वतिय महोत्सव गर्ने भएको  छ । पोखराको घारीपाटनमा रहेको अन्तराष्ट्रिय पर्वतिय संग्रहालयमा आगामी डिसेम्बर १० र ११ तारिख अर्थात मंसिर २५ र २६ मा तेश्रो पर्वतिय महोत्सव हुने भएको हो । संघले पर्वतिय दिवसको अवसरमा सन २०१४ देखि पोखरामा पर्वतिय महोत्सव आयोजना गर्दै आएको छ । जसमा यो  तेश्रो संस्करणको  महोत्सव भएको महोत्सव निर्देशक कुशल गुरुले जानकारी दिए ।

हिमाली क्षेत्रमा बसोवास गर्ने समुदाय, उनीहरुको संस्कृति र उनीहरुले गर्ने विभिन्न गतिविधीको बारेमा जानकारी, पर्वतिय क्षेत्रमा रहेको जैविक विविधता र भौगोलिक अवस्थाको बारेमा जानकारी र जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव र यसको रोकथाम

localhost/websites/bibek
ganthan.com

को वारेमा जानकारी दिनका लागी यो महोत्सव कोशेढुङगा हुने निर्देशक गुरुङले जानकारी दिए ।

मंसिरको २५ र २६ गते पोखरा स्थित घारीपाटनमा रहेको अन्तराष्ट्रिय पर्वतिय संग्रहालयमा हुने महोत्सवमा ४० वटा स्टलहरु रहनेछन । महोत्सवमा रक क्लाइम्बिङ, छेलो प्रतियोगिता, आर्चरी प्रतियोगिता, हिमाली क्षेत्रमा उत्पादन हुने खाद्य बस्तुहरुको प्रदर्शनी, हिमाल आरोहणमा प्रयोग हुने सामाग्रीहरुको प्रदर्शनी, विभिन्न खानाका परिकारका स्टलहरुका साथै विभिन्न म्युजिकल इभेन्टहरु गरिने भएका छन ।

कमेन्टहरु
Loading...