पेट्रोल आपूर्ति हुने मूख्य डिपोका कर्मचारीलाई कोरोना संक्रमण, बजारमा पेट्रोलको अभाव भने नहुने

काठमाडौं । मुलुकभरी पट्रोल आपूर्ति गर्ने डिपो तथा त्यस मातहतका कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अमलेखगञ्ज डिपोमा कार्यरत ६ तथा वीरगञ्ज कार्यालयमा कार्यरत ३ जना गरेर ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यहाँबाट मुकुलका अधिकाशं स्थानमा पट्रोलिय पदार्थ आपूर्ति हुने गरेको छ ।

कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि ३ दिनका लागि अमलेखगञ्ज तथा वीरगञ्ज कार्यालय बन्द गरिएको छ । साथै संक्रमितको नियमित सम्पर्कमा रहेकाको पिसिआर परीक्षण गरेर काम अगाडि बढाइने छ ।

अमलेखगञ्ज डिपोबाट पोखरा सहितका विभिन्न सहरमा पेट्रोल डिजेल वितरण हुंदै आएको छ । कर्मचारीमा कोरोना भाइरस संक्रमण भए पनि देशका कुनै सहरमा पट्रोलियम पदार्थको अभाव नहुने स्पष्ट पारिएको छ ।

कमेन्टहरु
Loading...