दमौलीको सत्यवती एक्सपर्ट विद्यालयस्तरीय क्रिकेट च्याम्पियन

पोखरा, ९ फागुन/दमौलीको सत्यवती स्कुलले विद्यालयस्तरीय एक्सपर्ट क्रिकेट लिग प्रतियोगिताको उपाधि जितेको छ । पोखराको कुमुदिनीहोम्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जित्दै काठमाडौंमा हुने राष्ट्रिय लिगमा सहभागिता जनाउने छ ।
पोखरा रंगशालामा सोमबार भएको फाईनल खेलमा सत्यवतीले कुमुदिनी होम्सले दिएको १२१ रनको लक्ष्यलाई १९ ओभरमा ४ विकेट गुमाएर पुरा ग¥यो ।

टस जितेर व्याटिङ गरेको कुमुदिनीहोम्सले २५ ओभर खेल्दै नौ विकेटको क्षतिमा १ सय २० रनको योगफल तयार पा¥यो ।
मिलन छन्त्यालले कुुमुदिनीहोम्सको इनिङ्समा २१ रन तथा रहमद अन्सारीले १८ रनको महत्वपूर्ण योगदान दिए । तर अन्य व्याट्सम्यानको उल्लेख्य योगदान भने देखिएन् । यद्यपी स्कोर भने परओभर ६ रनको थियो । सुरज श्रेष्ठले पाँच ओभर बलिङ गर्दै ३२ रन दिएर ३ विकेट लिएका थिए ।

१२१ रनको लक्ष्य पछ्याएको सत्यवतीले १९ ओभर खेल्दै ४ विकेटको क्षतिमा १२४ रन बनाउँदै उपाधि उचाल्यो । सुरज थापाले महत्वपूर्ण ३५ रनको उत्कृष्ठ इनिङ्स खेल्दा समीर कडेलले १५ रनको योगदान गरे । सम्राट पराजुलीले एक विकेट लिए । कुमुदिनीले अधिकांश रन भने अतिरिक्त दियो । व्याट्सबाट भन्दा बढी ४२ रन अतिरिक्त दिएपछि सत्यवतीलाई जितको लापग सहज हुन पुग्यो । फाईनल अफ दि म्याच सन्जोग थापा हुन पुगे ।

एकसाता चलेको प्रतियोगितामा उत्कृष्ठ बलर लालबहादुर थापा, उत्कृष्ठ फिल्डर सन्दीप छन्त्याल, बेष्ट व्याट्सम्यान विपुल वाग्ले, इमर्जिङ प्लेयर विल्सन थापा र म्यान अफ दि सिरिजबाट ईशान श्रेष्ठ घोषित भए । एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसको मुख्य प्रायोजन तथा हिमालयन क्रिकेट एकेडेमीको आयोजनामा सञ्चालित प्रतियोगिताको विजेता टोलीलाई कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष देवेनसन प्रजु, एक्सपर्ट एजुकेशन पोखराका प्रवन्ध निर्देशक रमेश थापा लगायतले पदक, तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

विजेता विद्यालयले एकलाख रुपैयाँ बराबरको क्रिकेट सामाग्री तथा उपविजेताले ५०हजार रुपैयाँ बराबरको क्रिकेट सामाग्री प्रदान गरिएको थियो ।  ११ विद्यालय सहभागिता रहेको प्रतियोगितालाई स्थानीय संयोजन भने विधान श्रेष्ठ, जिम्मी गुरुङ, अनिल गुरुङ र सिजन श्रेष्ठले गरेका थिए । प्रतियोगिता कमिसनरमा सुवास प्रधान थिए । जिल्ला खेलकुद विकास समिति तथा कास्की जिल्ला क्रिकेट संघले सहयोगी भूमिका खेलेका थिए ।

कमेन्टहरु
Loading...